
गिरीश ठगुन्ना
जिन्दगीको बाटो पहिल्याउन भगिरथ प्रयत्नशील विद्यार्थीहरू काठमाडौं कीर्तिपुरको पाँगा दोबाटो छेउछाउ पर्याप्त भेटिन्छन् । साँघुरा गल्लीका अँध्यारा कोठामा बस्ने विद्यार्थीहरू फराकिलो र उज्यालो भविष्यको खोजीमा हिँडिरहेका हुन्छन् । सायद, सपनाहरूले थिचिएर ‘जिन्दगी सफोकेसन’ हुँदो हो र त साँझपख हावासँग टहलिन चोभारको डाँडोतिर उक्लिन्छन् । भित्तामा ठूलो घडी टाँसिएको विश्वद्यिालय (त्रिवि) ले विद्यार्थीको शैक्षिक जीवनलाई समयानुसार हिँडाउन सकेको छैन । ‘एयरलेस एजुकेसन’ प्रदान गरिरहेको छ । यसकारण, विद्यार्थीहरूमा ‘जिन्दगी सफोकेसन’ बढेको हो । त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र आँगनमा बसेर कोरियन, जापनिज र हिब्रु भाषाको तयारी गर्नुपरिरहेको हो । ‘रोजगारीको सुवर्ण अवसर’ लेख्दै बिजुलीका पोलमा टाँसिएका सूचनाहरू घोत्लिएर हेर्नुपरिरहेको हो ।
कीर्तिपुरको पाँखामा बसेर गाउँका पाखाको अन्न र अचार खाँदै आफ्ना सपनाहरू पूरा गर्न घनघोर प्रयत्न गरिरहेका विद्यार्थीहरू हजारौं छन् । सपनाले भरिएका मन-मस्तिष्कको र पाइलाहरूको लय मिलाउँदै पुतलिसडक र बानेश्वरका फुटपाथमा दिनदिनै हिँड्ने विद्यार्थीहरू पनि हज्जारौं छन् । क्याम्पस, कन्सल्टेन्सी, लोकसेवा तथा बैंकिङ र भाषा पढाउने इन्स्टिच्युट धाउँदै उज्यालो भविष्य निर्माण गर्नुछ । गाउँबाट आमाबुबाले फोन गर्छन् र सोध्छन् ‘काठमाडौंमा के गर्दै छस् ?’ रवाफका साथ प्रश्नको जवाफ दिनसक्ने बन्नुछ । ‘वस्तुभाउको गोबर सोहोर्न सजिलो, सन्तानका कारणले लागेको बचन सोहोर्न गाह्रो’ मान्दछन् आमाबुबा भनेर बुझ्ने सन्तान हामी सबैलाई बन्नु छ ।
देशमा राजनीतिक र प्रशासनिक संघीयता आए पनि शैक्षिक संघीयता आएको छैन । काठमाडौं नपुगिकन शिक्षा, जागिर र व्यवसाय क्षेत्रका उपलब्धि हासिल गर्न सकिँदैन भन्ने आमयुवालाई लाग्ने गर्दछ । वर्तमान शिक्षा पद्धतिप्रतिको वैमनस्यताको बाबजुद पनि काठमाडौंको कुनै क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेको चारित्रिक प्रमाणपत्र हात पार्ने रहर अधिकजसो युवामा हुन्छ ।
देशमा राजनीतिक र प्रशासनिक संघीयता आए पनि शैक्षिक संघीयता आएको छैन । काठमाडौं नपुगिकन शिक्षा, जागिर र व्यवसाय क्षेत्रका उपलब्धि हासिल गर्न सकिँदैन भन्ने आमयुवालाई लाग्ने गर्दछ । वर्तमान शिक्षा पद्धतिप्रतिको वैमनस्यताको बाबजुद पनि काठमाडौंको कुनै क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेको चारित्रिक प्रमाणपत्र हात पार्ने रहर अधिकजसो युवामा हुन्छ । त्यसैगरी लोकसेवा, भाषा तयारी कक्षा लिन र विदेश उड्न काठमाडौं अपरिहार्य गन्तव्य बन्न पुगेको छ । ‘मञ्जुश्री खाल्टो’ मा प्रवेश नगरी कहिँ कतै पुग्न नसकिएला झैं अवस्था छ । चोभार छिचोल्दै बागमती बाहिरिरहेझंै थानकोट छिचोल्दै विद्यार्थीहरू भित्रिरहन्छन् ।
प्राज्ञिक वा प्राविधिक विषयहरूको अध्ययन अध्यापन हुने शिक्षालयहरूको बाहुल्य काठमाडौंमै छ । चक्रपथलाई यात्रुबसले मात्र होइन, स्कुल र क्याम्पसहरूले पनि परिक्रमा गरेका छन् । कन्सल्टेन्सी मार्ग अर्थात् पुतलीसडकले विद्यार्थीहरू उडाइ नै रहेको छ । गुड्न होस् वा उड्न विद्यार्थीले काडमाडौं आउनै पर्ने अवस्था विद्यमान छ । गाउँका डाँडामा बाख्रा चराएरै जिन्दगी बाँच्छु भन्नेले मात्र थानकोटको डाँडो पार नगर्नुपर्ने अवस्था हो । किरात, मल्ल र शाहहरूको शासन युगका बेलाभन्दा काठमाडौंको प्रभुत्व कम भएकै छैन । प्रभुत्वको प्रकृतिमात्र फेरिएको छ । यो कुरा काठमाडौंका घरभेटीहरूलाई सोध्दा पनि हुन्छ । उतिबेला ‘आई.ए.’ पढ्न काठमाडौं आउनेदेखि यतिबेला ‘ए.आई.’ पढ्न आउने अधिक विद्यार्थीहरू ‘एरोगेन्सी अफ रूप’ले ग्रस्त घरभेटीहरूबाट प्रताडित छन् ।
दश वर्षसम्म गाउँका गोरेटो छेउका ढुंगाहरूमा ‘बुर्जुवा शिक्षा मूर्दावाद’ भन्दै नारा लेख्नेहरूले रत्नपार्क, माइतीघर र प्रदर्शनीमार्गतिर दशौं पटक ढुंगा हिर्काउँदै आन्दोलन पनि गरिसके तर काठमाडौंको बर्चस्व कम भएको छैन । झापा वा छापा, बनारस वा वनले उत्पादन गरेका नेताहरूको कार्यशैलीमा बृहत् भिन्नता देखिँदैन । ‘खरबार’का विद्यार्थीहरूको प्रतिनिधित्व गर्छौं भन्नेहरू ‘दरबार’ कै विद्यार्थीहरूको प्रतिनिधि भएर सत्ता चलाइरहेका छन् । यसकारण त, आफ्ना सपना पूरा गर्न काठमाडौं आएका ‘खरबारिया विद्यार्थी’ मासिक दश हजारका लागि दैनिक दश घण्टा श्रमिक बन्न बाध्य छन् । थप भनौं, गाउँमा बुबाआमाले चिया बेचेर कमाएको पैसा खिया लागेको शिक्षा आर्जन गर्न पनि नपुग्ने अवस्था छ । अभाव र भेदभावसँगै झेल्नुपरेको छ । दलहरूले भन्ने गरेका समाजवादी शिक्षा वा जनमुखी शिक्षा वा जनवादी शिक्षा अवधारणा कहाँ लागू भएका छन ? प्रश्न अनुत्तरित छ ।
देशको भेष कक्षाको दीक्षामा निर्भर हुन्छ । मुलुक ‘ब्रेन रिगेन’को समयमा प्रवेश गरिसक्नुपर्ने यो बेलामा पनि हाम्रा कक्षाहरूले विदेशिका लागि सस्ता श्रमिकहरू उत्पादन गर्ने खालकै दीक्षा दिइरहेका छन् । सीप र ज्ञानको पुनर्गठन गर्दै, धारणा र अनुभवहरूको पुनः संयोजन गर्दै कार्यमूलक र विश्लेषणात्मक क्षमता भएको जनशक्ति उत्पादनमा हाम्रा विश्वविद्यालय तल्लीन हुनुपथ्र्यो । उति बेला तिब्बत गएका अरनिको जस्तै जनशक्ति उत्पादन गर्नुपर्नेमा भोट गएका मदन जस्तै जनशक्ति मात्र उत्पादन गरिरहेका छन् । यो देश सधैं मिलिसिया र मलेसियामै अल्भिmरहने भयो । माकुराको जालो लागेका विश्वविद्यालयका कक्षा कोठाहरूले नेपाली तन्नेरीहरूलाई जिन्दागीभर जालोमा पारिरहने भए । कीर्तिपुर हुँदै क्वालालम्पुरको यात्रा तय गनुपर्ने परिस्थिति जारी रहने भयो ।
झोलाभरी लुगा, मनेभरी सपना बोक्दै आउनेहरूका लागि यो ‘मञ्जुश्री खाल्टो’ बडो निष्ठुरी छ । निस्वार्थ नुनको गुन लगाउने मानिस कमै भेटिन्छन् । महिना नमर्दै ‘ठिस पारा’मा भाँडा माग्ने अधिकांश घरभेटीको वर्णन गरिसाध्य छैन । तीन तले घरका घरभेटीको धरहराभन्दा ठूलो सान हुन्छ । आफू वचनले घोच्छन् तर भाडावाललाई भित्तामा एउटा पनि काँटी घोच्न दिँदैनन् । थोरै पानी दिन्छन्, धेरै सफा शौचालय खोज्छन् । निजत्वको सम्मान नगर्दैन् कुबेला भाडावालको ढोका ढक्ढक्याउने तर भाडावाल कहाँ विरलै गरी एक-दुई पाहुना आउँदामात्र पनि गनगन गर्छन् । वर्षैपिच्छे बढाइने भाडा आफ्नै कोठाका भाँडा बेचेर दिनु त । थप कुरा, यहाँ नजिकको नाताले भन्दा दरो बैंक खाताले बढी काम गर्छ । अन्यथा, स्वयम्भूका बाँदर झैं ख्याउटिएको अनुभूति हुन्छ । गल्लीका कुकुरहरूले ‘हुँहुँ’ पनि मलाई नै हेपेर गरेका हुन् झैं अनुभूति हुन्छ ।
राष्ट्रको सार्वभौमिकता सिमाना र संविधानसँग मात्र जोडिँदैन । यो त शिक्षासँग झन् गहिरो ढंगले जोडिन्छ । उल्लेखित परामर्शदाताले विद्यार्थी निर्यातमात्र गर्न खोज्ने, विश्वविद्यालयले भवन ठड्याउन वा पाठ्यक्रम तयार पार्न परोक्ष ढंगले ‘विदेशी फन्डिङ’मा निर्भर हुने अवस्था विद्यमान छ । हाम्रो शैक्षिक सार्वभौमिकता मार्ने काम यसरी हुँदैछ ।
काठमाडौंले हरेक स्वप्नशिल विद्यार्थीलाई समान ढंगले व्यवहार गर्दैन । बाजुराको ‘कोल्टी’मा बाध्यताले र काठमाडौंको ‘सोल्टी’मा रहरले ढिँडो खानेका सन्तानलाई फरक-फरक दृष्टिले हेर्छ । यो शहर हरप्रहर विभेदी भइरहन्छ । जन्मजात लाभ नबोकेका तन्नेरीहरूले आफूलाई आर्थिक र सामाजिक हिसाबले ओजिलो तहमा पुर्याउन असाध्यै संघर्ष गर्नुपर्ने अवस्था यहाँ छ । उल्लेखित विषयलाई विस्तृत रूपमा भन्नुपर्दा, जन्मजातै कैयौं रोपनी जग्गाका मालिक, पञ्चायत वा गणतन्त्र युगमा मिहिनेत गर्दै वा ठालूपन देखाउँदै लगातार उच्च ओहदामा रहन सफल नेताका, कर्मचारीका सन्तान र कथित उच्च घरानाका सन्तान स्वतः स्थापित हुने र गाउँमा हलो जोत्नेका सन्तानले अथक संघर्ष गर्नुपर्ने परिस्थिति छ भन्नु वस्तुसंगत नै हुन्छ ।
ज्याकाराण्डा त वसन्त ऋतुमा मात्र फुल्ने हुन् काठमाडौंका सडक छेउमा, पुतलिसडक छेउछाउ बाह्रै महिना ढकमक्क फुलिरहन्छन् सजावटी कन्सलटेन्सीहरू । जसले, नदिनालाको देशका विद्यार्थीलाई समुद्रको देश पठाउँछन् तर कुनै विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सन्दर्भका न्यूनतम भूमिकोसमेत निर्वाह गरको पाइन्न । भन्नैपर्छ, कुनै समय इन्जनियरिङ, समाजशास्त्र, बुद्ध दर्शन पढ्न नेपाल आउने जाम्बिया, श्रीलंका, बंगलादेश र युरोपियन मुलुकका विद्यार्थीहरूको संख्या उल्लेख्य थियो । यो आँकडा बढाउनु सरकार, विश्वविद्यालयका साथै शैक्षिक परामर्शदाताको झन् बढी दयित्व हो भन्ने कुरा उल्लेखित समुदायले बुझेको देखिँदैन । कलंकी, कोटेश्वर, माछापोखरी र गोंगबुमा बसबाट झर्ने सबै विद्यार्थीलाई विदेश उडाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा मात्र उनीहरू भएझैँ देखिन्छ । सोझासाझा विद्यार्थीहरूलाई ‘मनि ट्रयाप’मा पारिँदैछ । त्यहीँ पुतलिसडक भएर बग्ने प्रदूषित ‘टुकुचा खोला’ सफा गर्नुपर्छ होइन कि त्यहाँ थुक्नुपर्छ भन्ने भाष्य निर्माण गरिँदै छ ।
राष्ट्रको सार्वभौमिकता सिमाना र संविधानसँग मात्र जोडिँदैन । यो त शिक्षासँग झन् गहिरो ढंगले जोडिन्छ । उल्लेखित परामर्शदाताहरूले विद्यार्थी निर्यातमात्र गर्न खोज्ने, विश्वविद्यालयले भवन ठड्याउन वा पाठ्यक्रम तयार पार्न परोक्ष ढंगले ‘विदेशी फन्डिङ’मा निर्भर हुने अवस्था विद्यमान छ । हाम्रो शैक्षिक सार्वभौमिकता मार्ने काम यसरी हुँदैछ । सिमाना र जनजीविकाका सवालमा बोल्ने विद्यार्थी संगठनको ध्यान उल्लेखित विषयमा जानु जरुरी भइसक्यो । शिक्षालयहरू सपिङ मल होइन, गुरुकुलका परिस्कृत स्वरूप बन्नुपर्छ । सामन्तहरूले साक्षर बन्न दिएनन्, पुँजिपतिहरूले शिक्षित बन्न दिइरहेका छैनन् । हजारले बजार, लाखले काख लिइरहेको हुनाले उच्च प्राज्ञिक र प्राविधिक शिक्षा हासिल गर्ने तृष्णा भएका धनका गरिब नेपाली युवाहरू पनि नाडी बलियो बनाउँदै खाडीको भिसा लगाउन गाडी चढेर काठमाडौं धाइरहेका छन् । नेपाली स्वाभिमान हाम्रै मलिलो माटोमा होइन कि खाडीको बालुवामा खोज्नुपर्ने अवस्था छ ।
बिम्बात्मक भाषामा ‘शिक्षाले अन्धकारबाट उज्यालोतर्फ डोर्याउँछ’ भनिन्छ । हामी कहाँ, गाउँबाट काठमाडौं र काठमाडौंबाट विदेशतिर डोहो¥याउने परिस्थिति निर्माण गरिएको छ । यहीँ हो त अन्धकारबाट उज्यालोतर्फ भनेको ? यदि यो होइन भने के हो ? देशको नेतृत्व गरिरहेकाहरूले ‘टंग एन्सर’ होइन ‘टास्क एन्सर’ दिनुपर्छ । मञ्जुश्रीले काठमाडौंमा जमेको पानीद्वार खोलेर मानव बस्न योग्य बनाएझैं समय सापेक्षित शिक्षा प्रदान गर्दै प्रत्येक युवा विद्यार्थीका सुनौंलो भविष्यका द्वार खोल्नुपर्छ । विद्यार्थीलाई ‘सीप’सहितको शिक्षा दिँदै जीवनको ‘दीप’ बाल्ने हो भन्ने सोच र कार्ययोजना देश हाँक्नेहरूसँग हुनु अपरिहार्य छ । त्यसो हुँदामात्र दार्चुलाको गोकुलेश्वरदेखि काठमाडौंको कुलेश्वरसम्मका शिक्षालयहरू विद्यार्थीका सपनाहरूसँग जब्बर ढंगले ‘कनेक्ट’ हुनेछन् । (ठगुन्ना, अनेरास्ववियु केन्द्रीय सदस्य हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच