
इलाम । पछिल्लो समय इलाममा यसखेलप्रति नयाँ नयाँ खेलाडी उत्पादन र जिल्लाका सबै पालिकाहरुमा बुद्धिचाल खेलको बिस्तार बढेसंगै खेलाडीहरुको आकर्षण पनि बढ्दै गएको छ ।
यसै बीच शुक्रवार इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।
इलाम उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ इलामले संयुक्त रुपमा बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको हो ।
२४ जना खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा काजी राई प्रथम हुनुभयो । अन्तिम पाँचौँ राउण्डमा यामप्रसाद लिम्बूलाई पराजित गर्दै राईले प्रथम स्थान हासिल गर्दा श्रीकृष्ण लिम्बूले दोस्रो, खड्ग लिम्बू तेस्रो, मनिष पौडेल चौथो र तारानिधि घिमिरेले पाँचौं स्थान हासिल गर्नुभयो ।
यस्तै अन्य बिभिन्न बिधाबाट जम्मा ११ जना खेलाडी बिजयी भएका छन् । बिजयी भएका खेलाडीलाई भोलि सदरमुकाममै हुन लागेको होटल ब्यवसायी महासंघ कोशी प्रदेशको अधिवेशन उद्घाटनमा पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।
बुद्धिचाल खेलको विकाससंगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघले यस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन महासंघका कोशी प्रदेश अध्यक्ष राजन दंगालले गर्नुभएको थियो । प्रतियोगिता स्वीस लिगको आधारमा खेलाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच