
सियोल । रूसले उत्तर कोरियालाई युक्रेनविरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी-एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् । अमेरिका र दक्षिण कोरियाले उत्तरकोरियाले रूसलाई युक्रेनसँग लड्न दश हजारभन्दा बढी सैनिकहरू पठाएको दाबी गरेका छन् भने विज्ञहरूले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन् ।
दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन-सिकले उत्तर कोरियाले सेना तैनाथीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवश्यक उपकरण, एन्टी-एयरक्राफ्ट मिसाइलहरू कोरियामा पठाइएको पुष्टि गर्नुभएको छ ।
पछिल्लो आठ महिनामा एक दर्जनभन्दा बढी उत्तर कोरियाली तेल ट्यांकरहरूले रुसको बन्दरगाहमा रहेको तेल टर्मिनलमा ४३ पटक यात्रा गरेको स्याटेलाइट तस्बिरहरू साभार गर्दै बिबिसीले जनाएको छ ।
बेलायती विदेश सचिव डेभिड लम्मीलाई उद्धृत गर्दै रिपोर्टले तेल हतियार र मिसाइलले मस्को पठाएको सेनाको भुक्तानी लिएको जनाएको छ ।
उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा क्रेमलिन प्रमुखको भ्रमणका क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।
यसले दुवै राज्यलाई अर्कोमाथि आक्रमण भएमा सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय सहयोग गर्न बाटो खोलेको थियो ।
विश्लेषकहरूका अनुसार सैनिकहरूको बदलामा रूसले उत्तर कोरियालाई तेल र ग्याँस जस्ता अन्य प्राकृतिक स्रोतहरूमा पनि पहुँच दिन सक्छ । उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले हालै मस्कोको भ्रमण गरी आफ्नो देश ‘विजय दिवस’ सम्म रुसी कमरेडहरूसँग दृढतापूर्वक उभिने बताउनुभएको थियो ।
युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने पुटिनको चेतावनी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व पश्चिमबाट उक्साइएको बताउनुभएको छ । रुसको कुस्र्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलद्वारा आक्रमण गरिएपछि विश्वव्यापीरूपमा द्वन्द्व फैलिन सक्ने उहाँले बताउनुभयो ।
युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने उहाँले चेतावनी दिनुभएको छ । पुटिनले रुसमाथि आक्रमण गर्ने देशका विरुद्ध हतियार प्रयोग गर्ने अधिकार आफूहरूसँग रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई ध्वस्त गर्ने रुसले नभई संयुक्त राज्य अमेरिकाले भएको उहाँको भनाइ छ । पुटिनले ‘शत्रु’माथि कारबाहीका निम्ति रुसले नयाँ मध्यम दूरीको ब्यालिस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गर्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच