
काठमाडौं । चीन सरकारले काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिबार नेपालस्थित चिनियाँ राजदूत छन सोङले एक कार्यक्रमबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा भएको हस्तान्तरण कार्यक्रममा अस्पताल सञ्चालक समिति अध्यक्ष डा. मनोजमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा १७ का वडाध्यक्ष नवीन मानन्धरलगायतको उपस्थिति थियो ।
सो अवसरमा उपप्रधानमन्त्री सिंहले नेपालले छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको भन्दै विश्वव्यापीरूपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपलब्ध गराएकामा चिनियाँ सरकार र नेपालस्थित दूतावासलाई आभार व्यक्त गर्नुभयो । चिनियाँ राजदूत सोङले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धको कडीका रूपमा रहेको बताउनुभयो ।
चिकित्सालयका अध्यक्ष श्रेष्ठले सवारीसाधनमात्र नभएर अन्य उपकरणमा पनि चिनियाँ सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो । समुदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रूपमा २०१६ सालमा स्थापना भएको क्षत्रपाटी निःशुल्क चिकित्सालयले सुविधासम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच