
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटल जन्मभूमिको कोठाबाहिरको बरन्डामा झुन्डिएको अवस्थामा भेटिएका युवा-युवती पति-पत्नी रहेको खुलेको छ ।
आइतबार बिहान सिनामंगलस्थित जन्मभूमि होटलको बरन्डामा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका थिए ।
परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू एकै ठाउँमा मृत भेटिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
उनीहरू शनिबार बेलुकी अन्दाजी १८ः४५ बजेको समयमा उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिइ बसेको होटलको दर्ता किताबमा दर्ता गरेको पाइएको छ ।
सुनसरीका रमेश र मोरङकी शर्मिला पति-पत्नी रहेको पनि खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरू शनिबार मात्रै क्यानडाबाट फर्किएका थिए ।
आज बिहान साढे ७ बजे सोही कोठा पछाडि बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
प्रहरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच