
काठमाडौं । आइएमई पेले आइइएलटिएस टेष्टको शुल्क भुक्तानी आइएमई पेमार्फत् गर्न सकिने सुविधा ल्याएको छ । प्रयोगकर्ताले आइएमई पे एपमार्फत् आफ्नो आइइएलटिएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय बचाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले आइइएलटिएसको एकेडेमिक टेष्ट र जेनेरल ट्रेनिङ टेष्ट, आइइएलटिएस युकेभिआईको एकेडेमिक टेष्ट र जेनेरल ट्रेनिङ टेष्ट, लाइफ स्किल्स ए १/ए २, बी १ का लागि भुक्तानी आइएमई पे एपमार्फत् गर्न सक्नेछन् । सीमित अवधिका लागि आइएमई पे एपबाट आइइएलटिएस टेष्टको शुल्क भुक्तानीमा फ्ल्याट एक हजार रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयो, ‘हामी हाम्रा प्रयोगकर्तालाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ, आइइएलटिएस शुल्क भुक्तानीका लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्तालाई आफ्ना उद्देश्यहरू पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छाँै ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच