सर्लाही । सर्लाहीको लालबन्दीमा उखु खेती प्रवर्द्धन र किसानको आय वृद्धि गर्ने उद्देश्यले सीपमूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल प्रालि सिनामंगलको आयोजना तथा द नेपाल डिस्टिलरिज प्रालि बालाजुको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की र लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीको उपस्थिति रहेको थियो ।
लालबन्दी नगरपालिका-६ स्थित होटल युनाइटेडमा आयोजित कार्यक्रममा सर्लाही, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्साका ४० उखु किसान सहभागी भएका थिए । सो अवसरमा उखु खेतीको महत्व, रोग तथा किरा व्यवस्थापन, उन्नत जात तथा उत्पादन प्रविधिबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए भने उत्कृष्ट उखु किसानलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएको थियो । नेपाल कृषि अर्थशास्त्र समाजका सभापति डा. कार्कीले किसानलाई आधुनिक प्रविधि र नयाँ प्रजातिका बिउबिजनबारे जानकारी दिँदै उखु खेतीतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले रम उत्पादनका लागि आवश्यक उखु हाल भारतबाट आयात गर्नुपर्ने अवस्था रोक्न र स्वदेशी उत्पादन प्रवद्र्धन गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मेयर अधिकारीले किसानलाई सहयोग र प्रोत्साहन गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच