भारतको गुजरातबाट टिकापुर आउँदै गरेको बस दुर्घटना, तीन जना नेपालीसहित ४ जनाको मृत्यु

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । भारतको गुरजातबाट कैलालीको टिकापुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित ४ जनाको मृत्यु भएको छ । बस भारतकाे लखनउ नजिकै दुर्घटनामा परेको हो ।

मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान भएको स्थानियले बताएका छन । टिकापुर नगरपालिका वडा नम्बर-१ व्यवसाय क्षेत्रका चन्द्रबहादुर साउँदको मृत्यु भएको स्थानीय भूपेन्द्र साउँले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मृतक साउँद परिवारका अन्य सदस्य पनि बसमा सवार रहेका थिए । मृतकहरु सबै टिकापुर आसपासका स्थानीय रहेको बुझिएको छ । घटनामा कैयौं घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीले तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

लखनउबाट ३० किलोमिटर नेपालतर्फ पुगेपछि बस दुर्घटनामा परेको हो । नेपाली चढेको बसलाई दुईतर्फबाट बसले ठक्कर दिएको बताइएको छ । बसको नम्बर खुल्न सकेको छैन । भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?