धादिङस्थित नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित वार्षिकाङ्क हो- प्रज्ञा-प्रवाह । हालको संघीय राज्यप्रणाली अनुसार केन्द्रमा सङ्घीय प्रज्ञाप्रष्ठिानहरू तीनवटा छन् नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल नाट्यकला प्रज्ञाप्रतिष्ठान । यसैगरी यिनै प्रतिष्ठानहरू अन्तर्गत प्रादेशिक, स्थानीय तहस्थित प्रज्ञाप्रतिष्ठानहरू रहने व्यवस्था छ । कतिपय प्रदेश, स्थानीय तहहरूलाई यसबारे जानकारी छैन होला, केहीले यस्तो व्यवस्था भएको थाहा भएर पनि कागजी प्रक्रिया मिलाउने गरेका होलान् । तर, धादिङको सदरमुकाम धादिङबेंसीसमेतलाई समेटेर बनेको नीलकण्ठ नगरपालिकाले केही प्राज्ञिक कार्यसमेत गरेको छ ।
सुरुमा नगरप्रमुख ढुङ्गानासँगको अन्तर्वार्ता छ भने त्यसपछि यसलाई अनुसन्धानात्मक खण्ड, आलेख खण्ड, कविता, गीत र गजल खण्ड, नीलकण्ठ प्रज्ञाप्रतिष्ठानको गतिविधि, अनुसूची एक र दुई गरी विभाजन गरिएको छ । चर्चित लेखक साहित्यकारहरूका लेखरचनाहरू समेटिएका छन् ।
यसले हालै ‘ज्ञान-प्रवाह’ शीर्षकमा एउटा वार्षिकाङ्क प्रकाशित गरेको छ । नीलकण्ठ नगरपालिकाको कार्यालय नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङबेंसी प्रकाशक रहेको यस प्रवाहको यो वार्षिक अङ्क हो । नगरप्रमुख भीमप्रसाद ढुङ्गाना संरक्षक रहनुभएको छ भने सम्पादकमा डा.रामहरि शर्मा लम्साल, राममणि दुवाडी र प्रकाश पौडेल रहनुभएको छ । यसको सर्वाधिकार नीलकण्ठ प्रज्ञा प्रतिष्ठानमा निहित छ । २०८० साल यसको प्रकाशन वर्ष हो । यो वार्षिकाङ्क ५०० प्रति प्रकाशित छ । डिएमआई आकारको यस अङ्कमा भूमिका खण्डमा १४ र पाठ्यखण्डमा ४०२ गरी जम्मा ४१६ पृष्ठ छन् । सेतो तौलयुक्त कागज प्रयोग भएको छ । छपाइ स्तरीय छ, अशुद्धि कमै पाइन्छन् । यसको मूल्य भने उल्लेख छैन ।
आवरण फोटो वीरेन्द्र वाइबा र मनिष दुवाडीको सौजन्यमा समावेश भएको छ । आवरणमा माथि नीलो आकाशको केही अंश त्यसपछि हिमाल, पहाड र त्यसैमा समाहित हुनेगरी नीलकण्ठ नगरपालिकाको फोटो समावेश गरिएको छ । माथि ठूला अक्षरमा कृतिको शीर्षक ‘प्रज्ञा -प्रवाह’ भनेर राखिएको छ भने तल प्रकाशक संस्थाको लोगोसहित नाम दिइएको छ, ‘नीलकण्ठ प्रज्ञा प्रतिष्ठान’ भनेर । बीचबीचमा साना आकारमा मन्दिर, बाँसुरी, शङ्ख, कलम र कमलको फूल दिइएको छ । पुस्तकको लेआउट एक्स्प्रेस डेस्कटपले गरेको छ भने पुस्तकको मुद्रण त्रिपुरासुन्दरी छापाखाना धादिङ्बेंसी छ ।
पुस्तकको पृष्ठ आवरणमा नीलकण्ठ नगरपालिकाको नक्सा, कमलको पूmल र लोगोसहित प्रकाशक संस्था नीलकण्ठ प्रज्ञाप्रतिष्ठानको नाम उल्लेख भएको छ । आवरणको भित्रपट्टि यस वार्षिकाङ्कका संरक्षक नगरप्रमुख भीमप्रसाद ढुङ्गाना, प्रज्ञाप्रतिष्ठानको कार्यसमिततिका अध्यक्ष बदीप्रसाद दाहाल, सदस्य डा.गणेश धमला, कोषाध्यक्ष रीता थापामगर सदस्यहरू विनोदमान श्रेष्ठ, काशिका अर्याल (अधिकारी), हरिबहादुर सुनार र प्रकाश पौडेल तथा सम्पादक मण्डल डा.रामहरि शर्मा लम्साल, राममणि दुवाडी र प्रकाश पौडेलको फोटासहित नाम उल्लेख छ ।
भूमिका खण्डमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना, नगर उपप्रमुख दीपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका शुभकामना छन् । त्यसपछि सम्पादकीय, प्रकाशकीय र त्यसपछि विषय-सूची रहेको छ ।
सुरुमा नगरप्रमुख ढुङ्गानासँगको अन्तर्वार्ता छ भने त्यसपछि यसलाई अनुसन्धानात्मक खण्ड, आलेख खण्ड, कविता, गीत र गजल खण्ड, नीलकण्ठ प्रज्ञाप्रतिष्ठानको गतिविधि, अनुसूची एक र दुई गरी विभाजन गरिएको छ । चर्चित लेखक साहित्यकारहरूका लेखरचनाहरू समेटिएका छन् । अनुन्धान खण्डमा ९, आलेख खण्डमा २६ र कविता, गीत, गजल खण्डमा ११ जनाका रचनाहरू समावेश गरेर प्रकाशित भएको यो ज्ञान-प्रवाह स्तरीय साहित्यिक कृति बन्न पुगेको छ । यसका लागि प्रयास गर्ने बद्रीप्रसाद दाहाललगायत सबै संलग्न व्यक्ति धन्यवादका पात्र बन्न पुग्नुभएको छ । कतिपय पालिका कागजी प्रक्रिया मिलाएर अनियमितताको गिद्दे दृष्टिका रहेका अवस्थामा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको प्रयास स्तुत्य छ । यस सानो टिप्पणीमा यसभित्रका सबै सामग्रीको बृहत् व्याख्या सम्भव छैन । अहिलेलाई यत्तिमै बिट मार्नु उचित हुन्छ । यो प्रतिष्ठानबाट यस प्रकारका प्रयास फेरि-फेरि पनि भइरहून् हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच