काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको सेयर बजारमा दोस्रो दिन भने दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको हो । यस दिन एक सय २७ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय १२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । छवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यस दिन तीन सय १४ कम्पनीका दुई करोड ३० लाख कित्ता सेयर १० अर्ब ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
सबैभन्दा धेरै नेपाल फाइनान्सको ५९ करोड ४७ रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने न्याग्दी ग्रुप पावरको ४८ करोड ८९ लाख, जानकी फाइनान्स कम्पनीको २७ करोड ५१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको २४ करोड २४ लाख र एक्सल डेभलपमेन्ट बैंकको २१ करोड ७१ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
होटल तथा पर्यटन ४.९९, हाइड्रोपावर ०.६२, लगानी ०.६०, लाइफ इन्स्योरेन्स १.९१, उत्पादन तथा प्रशोधन ०.१५, माइक्रोफाइनान्स ०.१५, म्युचल फण्ड ०.४१, ननलाइफ इन्स्योरेन्स ०.२० र व्यापार समूह ९.७० प्रतिशतले बढेकामा तीन कम्पनी तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच