बागमती प्रदेशले घरेलु उद्योग प्रवद्र्धनमा सघाउने

Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगलाई दिगो बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग मंगलबार महासंघ सचिवालयमा भएको छलफलमा उहाँले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रवद्र्धनमा आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभएको हो ।

साना उद्योग प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री महर्जनले यस्ता उद्योग बचाएरमात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो । बागमती प्रदेश सांसद सोना परियारले महिला पहिला भन्ने कार्यक्रम बागमती प्रदेशले ल्याएको जानकारी दिंँदै मुलुकलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने सवालमा महत्वपूर्ण भूमिका खेल्ने साना उद्योग सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले बागमती सबैभन्दा धेरै उद्योग र उत्तिकै चुनौती पनि रहेको प्रदेश रहेको बताउनुभयो । अहिले साना व्यवसायीका लागि राहत खोज्ने र मन्त्रालयले इतिहास बनाउने चरण भएकाले साना व्यवसायीले प्रदेश सरकारबाट ठूलो अपेक्षा राखेको उहाँको भनाइ थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेलले बागमती प्रदेशले लघु, घरेलु तथा साना उद्योेगको विषयमा जानकार व्यक्तिलाई मन्त्रीका रूपमा पाएको भन्दै उहाँको कार्यकालमा यस क्षेत्रले प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?