काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बिमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाका रूपमा रहेको छ । समयसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बिमा दायरा फराकिलो बनाउँदै जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ । कम्पनीले व्यक्तिगत, कर्पोरेट तथा कृषि बिमा उपलब्ध गराउँदै आएको छ ।
व्यक्तिगत बिमाअन्तर्गत सवारी साधन बिमा, व्यक्तिगत दुर्घटना बिमा र यात्रा बिमा रहेका छन् भने कर्पोरेट बिमाअन्तर्गत भवन बिमा, उद्योग, सामुन्द्रिक, हवाई र इञ्जिनियरिङ बिमा सेवा समावेश छन् । त्यसैगरी कृषि बिमाअन्तर्गत गाईवस्तु र बाली बिमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बिमाको दाबी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ । कम्पनी हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा डोमेस्टिक जेनेरल इन्स्योरर-नेपाल’ र स्ट्राटेजिक पार्टनरसिप अफ द इयर-नेपाल’ गरी दुर्ई अवार्ड जित्न सफल भएको थियो ।
वार्षिकोत्सवका अवसरमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले भन्नुभयो, ‘हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको छ । हाम्रो उद्देश्य ग्राहकलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पु¥याउनु हो । यो अवसरमा हामी सबै ग्राहक, कर्मचारी र साझेदारलाई धन्यवाद दिन चाहन्छौँ ।’
कम्पनीका फाउन्डिङ एमडी एवं अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले भन्नुभयो, ‘३१ वर्षको यो महत्वपूर्ण उपलब्धि केवल समयको उत्सवमात्र नभई हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारको अथक मिहिनेत र समर्पणको प्रमाण हो, हाम्रा ग्राहकवर्गको हामीमाथिको विश्वास र सम्पूर्ण साझेदारको समर्थनको प्रमाण हो । अब भविष्यतर्फ अघि बढ्दै गर्दा हाम्रो ध्यान ग्राहकलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमता सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पु¥याउनमा केन्द्रित रहने छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच