काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’को सम्पूर्ण छायांकन सकिएको छ । निरोज महर्जजनले निर्देशन गरेको यो चलचित्रको काठमाडौं, पाँचखाल, बारा र चितवनमा ३५ दिन खिचेपछि मंगलबार ‘प्याकअप’ गरिएको हो ।
नौ वर्षअघि प्रदर्शनमा आएको ‘रेशम फिलिली’को दोस्रो शृंखलाको रूपमा यो चलचित्रको निर्माण भएको हो । ‘रेशम फिलिली’मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र मेनुका प्रधान मुख्य भूमिकामा हुनुहुन्छ । दोस्रो शृंखलामा भने मेनुका दोहोरिनुभएको छैन । अभिनेत्रीको रूपमा यसपटक सुपुष्पा भट्टले अभिनय गर्नुभएको छ । यसमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वांगदेल, रविन्द्र झा, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेललगायतको अभिनय छ ।
गत वर्षको सफल फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको निर्माण रहेको यो चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सहनिर्माता एनी थापा हुनुहुन्छ । सुसन प्रजापतिको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच