रौतहट । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको मुख्य पूजा आइतवार सम्पन्न भएको छ । रौतहटको विभिन्न पालिकामा रहेका दर्जनौँ मन्दिरमा विधिपूर्वक पञ्चवर्षीय गढीमाई पूजा आइतवार सम्पन्न भएको हो ।
रौतहटको गढीमाई मन्दिरहरुमा आइतवार बिहान ११ बजेदेखि राँगा बलि दिइएको छ । मन्दिरको मूल पूजा समितिले विधिवत पूजा सम्पन्न गरी मुसा, बोका, कुखुरा, राँगा र सुँगुरको बलि दिने चलन रहेको छ । राँगा बलि दिएसँगै विधिवत् रुपमा गढीमाईको पञ्चवर्षीय मूल पूजा सम्पन्न भएको मानिन्छ ।
रौतहटका गढीमाई मन्दिरहरुमा सोमवारसम्म बलि दिइने बताइएको छ । आइतवार राँगा र सोमवार बोका बलि दिइने बताइएको भए पनि रौतहटका अधिकांश मन्दिरहरुमा आइतवार पनि बोका बलि दिइएको छ ।
बलिका लागि राँगा भाकल गरेका श्रद्धालुहरुले बलिको राँगा पूजा समितिलाई जिम्मा लगाइदिने चलन छ । पूजा समितिले आफैँले किनेको राँगा र बोकाका साथै अन्य गरी पञ्चबलि प्रदान गर्ने चलन रहेको छ ।
बाराको बरियारपुरपछि सबैभन्दा धुमधामसित रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरस्थित गढीमाई मन्दिरमा ठुलो मेला लाग्ने गरेको छ । रौतहटका साथै सर्लाही र भारतबाट पनि हजारौँ श्रद्धालु गढीमाई मन्दिरमा पूजा गरेको आयोजकले जनाएको छ । सुन्दरपुरमा बलिका लागि मन्दिरमा ६२५ राँगा प्राप्त भएको मेला समितिका प्रवक्ता दीपेन्द्र श्रेष्ठले जानकारी गराउनु भयाे ।
गढीमाई ४ सुन्दरपुरसँगै गढीमाई नपाकै हर्दिया र धर्मपुर, गरुडा नगरपालिकाको गेडहीगुठी र गढीटोल, कटहरिया नगरपालिकाको बलिरामपुर र दुधियाभार, दुर्गा भगवती गाउँपालिकाको करबोल, वृन्दावन नगरपालिकाको धनगढी, माधवनारायण नपाको माधोपुर, फतुवा विजयपुरको बैरगनिया तथा गुजरा नगरपालिकाको कनकपुरमा पनि पूजासँगै बलि प्रदान गरिएको छ ।
गढीमाई ४ सुन्दरपुरमा ५१ राँगालाई बलि दिइएको र ५ राँगालाई कान काटेर सार्वजनिक रुपमा छाडिएको मेला आयोजक समितिले जनाएको छ । मेला समितिले बलिका लागि आएका सबै राँगालाई न्यानोमा खानापानीको उचित व्यवस्थापन गरेर राखिएको जनाएको छ । बाँकी रहेको राँगालाई मेला समितिले बिक्री गर्ने बताएको छ ।
रौतहटको विभिन्न गाउँमा गरी १५ स्थानमा गढीमाई मन्दिर छन् । सबै ठाउँमा शान्तिपूर्ण मूल पूजा र मेला सम्पन्न भएको छ । सबै मन्दिरमा गरी असंख्य बोका तथा परेवा बलि प्रदान गरिएको छ । कटहरिया ६ दुधियाभारमा पनि शान्ति र भव्यताका साथ पञ्चवर्षीय गढीमाई मेलाको मूल दिन सम्पन्न भएको राम विनोद जयसवालले जानकारी गराउनु भयाे ।
सोमवारसम्म बलि दिन सकिने भएकोले मेलास्थलमा अझै पनि यात्रुहरु पुग्ने क्रम जारी छ । अधिकांश पूजा समितिहरुले मेला तथा बलि २६ गतेसम्म चल्ने जानकारी दिइएकाे ५ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच