रुपन्देही । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मानव अधिकारको संरक्षण गर्ने दायितव राज्यको भएको बताउदै नेता र कर्मचारीहरु इमान्दारी भए मानव अधिकारको स्वतः संरक्षण हुने बताउनु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, इन्सेक रुपन्देही, शान्तिका लागि साझा अभियान कोक्याप, सिर्जनशिल समाज नेपाल, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश, एडभोकेशी फोरम रुपन्देही, गैरसरकारी संस्था महासंघ रुपन्देही र शिक्षाका लागि राष्ट्रिय अभियान, मानवअधिकार तथा शान्ति समाज, साहसी कदम नेपाल, एक्लोलाई सहारा दिने वृक्षलगायतका संघ संस्थाहरुको संयूक्त आयोजनामा मङ्सिर २४ गते बुटवलमा भएको ७६ औं अन्तराष्ट्रिय मानव अधिकार रक्षक दिवशको अवसरमा मानव अधिकारको अवस्था, मानव अधिकार रक्षक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो ।
सभामुख घर्ती मगरले संविधानमा भएका मौलिक हकहरुको पालना गरेर अझ हरेक नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गने दायित्व राज्यको भएको र नागरिकले पनि कर्तव्य पालना गर्नुपर्ने बताउदै बेइमानी कारण इमान खुस्किएका कारण मानव अधिकारको उल्लंघनका घटनाहरु बढेको बताउनुभयो ।
देश र जनताप्रति उत्तरदायी हुन नसक्दासम्म मानव अधिकार संस्कृतिको विकास हुन नसक्ने भएकोले सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निभाउनुपर्ने सभामुख घर्तीको भनाई थियो ।
जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएपनि नागरिकले अनुभूति गर्ने खालको परिस्थित वनिनसकेको बताउनुभयो । समाजमा अहिले पनि समाजमा पछाडी पारिएका वर्ग समुदायहरुको न्यायमा पहुँच नभएकोले त्यसका विषयमा अझ बढी संवेदनशिलता हुनुपर्ने भन्दै राज्यले नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्ने दायित्व भने पनि नि:शुल्क शिक्षा र नि:शुल्क औषधी वितरण गर्ने नाममा नागरिकलाई बेकुफ बनाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहा नपाका नगरप्रमुख खेलराज पाण्डेले मानवअधिकारको संरक्षण, प्रवर्द्धनका लागि संवेदनशिल रुपमा अगाडी बढेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेले बुटवल नगरवासीको आधारभूत आवश्यकताको पहिचान गरि लक्षित वर्गमैत्री नीति, योजना, कार्यक्रमहरुलाई जसको सवाल उसको नेतृत्वको रुपमा स्थापित गर्न लागि परेको बताउनुभयो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले मानवअधिकार संस्कृतिको विकासका लागि संवेदनशिल भएर लागिपरेको बताउदै नागरिकलाई छिटो छरितो, चुस्त दुरुस्त सेवा दिनका लागि परेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था, मानव अधिकार रक्षकको स्थिती र राज्यको दायित्वका सन्दर्भमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरणमा प्रदेशमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि मलखाद, पहिचानको समस्यालगायतका सवालहरु रहेकोले त्यस्ता विषयमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले हरेक नागरिकले मानव अधिकारको उपभोग गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने दायित्व राज्यको भएकोले यसका विषयमा संवेदनशिल भई गरिवी वेरोजगारी श्रृजना गरेर नागरिकलाई देश छोडेर बाहिर जानुपर्ने बाध्यता बनाउनु पनि मानवअधिकारको उल्लंघन भएको हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले मानव अधिकारको सवालमा संवेदनशिल भएर लागि परेको बताउदै सीप र कार्य क्षमताका आधारमा सबै लिंङ्ग, वर्ग समुदायलाई रोजगारी दिने गरेको बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष अर्जुन ज्ञवाली, मनोविमर्शकर्ता कमला गहतराज, यौनिक तथा लैगिंक अल्पसंख्यक अधिकारकर्मी मनिला न्यौपाने, द्वन्द्व पीडित समाज रुपन्देहीका सचिव रीता सेन, अभियान्ता रामकृष्ण शर्मालगायतले मानवअधिकार सस्कृतिको विकासका लागि राज्य संवेदनशिल भएर अगाडी बढनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्टिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीको अध्यक्षता उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकको स्वागत तथा इन्सेक प्रतिनिधि रीमा बि.सीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच