काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्।
कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले बोलेको प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंले लिएको बयानमा भनेका हुन्।
यी कागजात बनाउनमा आफ्नो कुनै भूमिका नरहेको उनले सरकारी वकिलसमक्ष बताएका हुन् ।
प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण भन्दै ‘फर्जी’ कागजात सार्वजनिक गरेपछि प्रहरीको साइबर ब्यूरोले उनलाई मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । साइबर ब्यूरोले विद्युतीय अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । त्यस्तै, प्रसाईंलाई पटके कसुरदारको रूपमा डेढी सजायको मागदाबी गर्दै साढे ७ वर्षको कैद सजाय मागदाबी गरिएको छ ।
यस्तो छ प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंमा दिएको बयान :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच