काठमाडौं । सहकारी ठगीको आरोपमा फरार रहेका गितेन्द्र बाबु (जीबी) राईको राहदानी रोक्का भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा ६ वटा सहकारीको २ अर्ब ५८ करोड अपचलन गरेको आरोप लागेका राईको राहदानी विभागले रोक्का भएको हो ।
सहकारीकै रकम अपचलनमा गोर्खा मिडिया ग्रुपका दुई संचालक छविलाल जोशी र रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पछि प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
संगठित अपराधको आरोपीका रुपमा राईको राहदानी रोक्का भएको हो । अब उनले नेपाली राहदानी बोकेर यात्रा गर्न सक्ने छैनन् ।
पाँचवटा सहकारीहरू काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा चितवन सहकारी, वीरगञ्जको सानोपाइला सहकारी र बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको अर्ब बढी रकम अपचलनमा राईकाे प्रमुख संलग्नता रहेको प्रहरीको ठहर छ ।
राईविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन र रेड नोटिस जारीसमेत भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच