काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।
नेपाल प्रिमियर लिगको अवलोकनका लागि लारा नेपाल आउन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै लारा भोलि नेपाल आइपुग्ने जानकारी गराएको छ।
क्यानका अनुसार उनी शुक्रबार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
लारालाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरु विमानस्थल पुग्नेछन् ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन् । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्नेछन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् ।
५५ वर्षीय लारा अन्तर्राष्ट्रिय क्रिकेटका सर्वकालीन सफल ब्याट्सम्यानका रुपमा परिचित छन्। उनले विश्व क्रिकेटका धेरै रेकर्ड आफ्नो नाममा लेखाएका छन्। पहिलो श्रेणीको क्रिकेटमा व्यक्तिगत उच्च स्कोरको कीर्तिमान उनको नाममा छ।
इङ्ल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा उनले सन् २००४ मा नटआउट ४०० रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमै साउथ अफ्रिकाविरुद्ध सन् २००३ मा एकै ओभरमा २८ रन बनाउँदै अर्को कीर्तिमान रचेका थिए।
उनकै कप्तानीमा २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो। जुन सन् १९७९ विश्वकप क्रिकेटको उपाधिपछिको ठूलो उपाधि मानिन्छ ।
उनले टेस्ट क्रिकेटमा ३४ सतक र ४८ अर्धसतकसहित ११ हजार ९५३ रन बनाएका छन्। एकदिवशीय क्रिकेटमा १९ सतक र ६३ अर्धसतक प्रहार गर्दै १० हजार ४०५ रन बनाएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच