काठमाडौं । १२औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा ‘रेमन्यान्ट्स’ले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटेले निर्देशन गरेको ‘रेमन्यान्ट्स’ले अवार्ड जितेको हो । बिहीबार सम्पन्न महोत्सवमा देवी वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जित्नुभयो भने ‘ब्ल्याक रेन इन माई आइज’ले उत्कृष्ट लुघवृत्तचित्र अवार्ड जित्यो । त्यस्तै, सर्ट फिक्सनजतर्फ ‘द फस्र्ट’ फिल्मले अवार्ड प्राप्त गर्यो ।
विजेतालाई प्रतिनिधिसभा सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्री लगायतले अवार्ड वितरण गर्नुभएको थियो ।
फिचर डकुमेन्टी अवार्ड ‘हृवेर वी युज्ड टु स्लिप वाई’ले जित्यो भने फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित ‘अल वि इम्याजिन एज लाइट’ले जित्यो ।
सामूहिक अधिकार नारासहित मंसिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो । महोत्सवका दौरान विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरिएका थिए ।
महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चारदिने वर्कसपसमेत सञ्चालन गर्नुभएको थियो । जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए । महोत्सवको सुरुआतमा ‘अल वि इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो ।
बोर्डले ‘नुमाफुङ’सहितका चलचित्रलाई एचडी गुणस्तरमा डिजिटाइज गर्ने
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० नेपाली चलचित्रलाई एचडी गुणस्तरमा डिजिटाइज गर्ने भएको छ । मानव अधिकार फिल्म फेस्टिभल समापन समारोहमा बोल्दै अध्यक्ष दिनेश डिसीले रिलबाट एचडीमा आर्काइभ गर्ने जानकारी दिनुभयो ।
समारोहमा अध्यक्ष डिसीले लिम्बू संस्कृति बारेको फिल्मलाई डिजिटल अर्काइभको लागि अनुमति दिन निर्देशक नवीन सुब्बालाई आग्रह गर्नुभयो । सुब्बाले पनि आग्रहलाई स्वीकार गरेर अनुमति दिनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष डिसीले ‘नुमाफुङ’सहितका १० फिल्मलाई एचडीमा रूपान्तरण गरेर डिजिटल अभिलेखको रूपमा राख्ने घोषणा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच