कालीकाेट । नेपाल पत्रकार महासंघ कालीकाेटकाे अध्यक्षमा पुनः पनि भरत राज बिष्ट निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा बिष्टले ६३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
कुल ११५ मत खसेकोमा बिष्टले ६३, उहाँका निकटम प्रतिद्वन्दी रत्नबहादुर कार्कीले ५० मत प्राप्त गर्नुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । त्यसैगरी उपाध्यक्षमा कमलबहादुर बुढाले ६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी पुष्पराज भट्टराईले ४८ र समाजवादी प्रेस संगठनका राधिका बराल निर्विरोध निर्वाचित हुनुभएको छ ।
काेषाध्यक्षमा प्रेस चाैतारी नेपाल कालीकाेटका जिल्ला अध्यक्ष विश्वनाथ सिम्खडा र प्रेस सेन्टरका जिल्ला अध्यक्ष बिरेन्द्र आचार्यबीच प्रतिस्पर्धा थियो । तर गठबन्धन प्यानलका सिम्खाडाले ६२ मत प्राप्त गर्दै विजयी हुनुभयाे । उहाँका प्रतिद्वन्द्वी आचार्याले ४९ मत प्राप्त गर्दै पराजित हुनुभयाे ।
सचिव पदमा ५४ मतसहित रमेशकुमार बाेगटी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी पूर्णसिंह बमले ५२ मत पाउनुभएको छ । अध्यक्षमा निर्वाचित भरतराज बिष्ट प्रेस चाैतारी नेपाल निकट हुनुहुन्छ भने उपाध्यक्ष प्रेस सेन्टर निकट र सचिवमा निर्वाचित बाेगटी प्रेस युनियन निकट हुनुहुन्छ ।
यसैगरी समावेशी सहसचिवमा प्रेस सेन्टर निकटका पत्रकार कमल कुमालले ६८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी ललित मगर बैजालीले ३८ मत मात्रै ल्याउनुभयाे ।
सहसचिवमा चाैतारी र गठबन्धन टिमका दलसिंह कुमालले ५३ मत ल्याउँदै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी विप्लव निकटका पत्रकार करबीरे बिकले ५१ मत ल्याएर पराजय भाेग्नु पर्याे ।
त्यसैगरी दलित सदस्यमा मानबहादुर विश्वकर्मा ५५ मत ल्याउँदै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बिनित कुमार तिरुवाले ४४ मत प्राप्त गर्नुभयाे ।
अन्य सदस्यहरुमा प्रेस चाैतारी निकटका पत्रकार र प्रेस सेन्टरका पत्रकारहरु निर्वाचित हुनुभएको छ । यहाँ पनि केन्द्रमा जस्तै सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल (निर्मला शर्मा नेतृत्वको) एक पक्षमा थियो । अर्कोतर्फ माओवादी केन्द्र निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन र अन्य वामपन्थी संगठनहरूको समर्थनमा (रमेश विष्ट नेतृत्वमा) अर्को प्यानल खडा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच