सिन्धुलीमा हातमा लक्की शर्मा नामको टाटु खोपिएको पुरुषको शव फेला

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । सिन्धुलीमा एक पुरुषको बेबारिसे शव फेला परेको छ । गोलञ्जोर गाउँपालिका–७ अधेरी खोलाको दोभान सुनकोसी नदिको किनारमा मंगलबार शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालकाअनुसार ३०/३५ वर्षको देखिने पुरुषको दाहिने हातमा लक्की शर्मा (LUCKEY SHARMA) नामको टाटु खोपिएको छ । मृतकको नाम, वतन र ठेगाना खुल्न नसकेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?