राजधानी काठमाडौं उपत्यका यातायात व्यवस्थापनका दृष्टिकोणले धेरै जोखिमपूर्ण अवस्थामा छ । यातायात क्षेत्रमा भएको अस्तव्यस्ततामा सुधार गर्ने उद्देश्यले केही ठाउँमा सबवे र धेरै ठाउँमा आकाशे पुल बनेका छन् तर तिनले मात्र यातायातलाई व्यवस्थित गर्न सकेको छैन । राजधानी उपत्यका त्यति ठूलो क्षेत्रफलको छैन । नेपालको जम्मा क्षेत्रफलको ०.५ प्रतिशत मात्र छ तर यति सानो क्षेत्रमा नेपालको जनसंख्याको २० प्रतिशत मानिस बस्दै आएका छन् । यसको यकिन तथ्यांक नभए नि साठी लाखभन्दा बढी नै मानिस स्थायी तथा अस्थायी रूपमा बस्ने गरेका छन् भन्ने आँकलन विभिन्न सरकोकारवाला व्यक्ति तथा संस्थाले गर्दै आएका छन् ।
जनसंख्या र क्षेत्रफलको सन्तुलन नमिल्नाले यहाँ वातावरणीय समस्या छ । ढल व्यवस्थापनमा भरपर्दो समाधान नभएकाले नदी प्रदूषित बनेका छन् । बागमती, विष्णुमती, मनोहरा, रुद्रमती, कर्मनासा, हनुमन्ते, गोदावरी इच्छुमती अब कुनै पनि नदीहरू प्रदूषणरहित छैनन् । जल प्रदूषणका साथै यातायातबाट सिर्जना भएका समस्यामा ध्वनि प्रदूषण अर्को समस्याका रूपमा छ । तीबाट वायु प्रदूषण व्यापक मात्रामा बढ्दै गएको छ । उपत्यकाको आकाशमा सैं तुवाँलो लाग्ने गर्छ र घाम मधुरो हुनेगरेको छ ।
साथै भौतिक पूर्वाधार एकातिर छँदैछ, अर्कोतिर जे जति मौजुद छन् तिनको सदुपयोग नगर्ने प्रवृत्ति छ । हामी अरूले राम्ररी नियम-कानुन मानोस् तर आपूmले भने जतिसक्दो उल्लंघन गर्दा हुन्छ भन्ने मनस्थिति बोकेर हिँड्ने गर्दछौ । घातक विषय यही हो । चालकहरूले सवारी नियमको उल्लंघन गर्ने गर्छन् । सडकका संकेत बत्तीहरूको पालना गर्दैनन् । हरदम उनीहरूको ध्यान ट्राफिक प्रहरीतर्फ रहने गर्छ ।
आपूmले सवारीसाधन चलाउँदा अगाडिको बाटोमा ट्राफिक प्रहरी छ कि छैन भन्नेतिर ध्यान हुन्छ । त्यहाँ ट्राफिक प्रहरी छैन भन्ने थाहापाउनासाथ नियम उल्लंघन गरिहाल्छन् । निदिष्ट ठाउँमाबाहेक अन्यत्र जहाँ पायो त्यहीँ मानिस ओराल्ने र चढाउने गर्दछन् । यस्ता प्रवृत्तिबाट बेथितिको सुरुवात भइहाल्छ । चालकहरूको व्यवहारले मात्र होइन बेतिथिलाई नियन्त्रण गर्न सडकमा उभिएका ट्राफिक प्रहरीबाट समेत अनेक प्रकारका अनियमितता हुनेगरेको देखिएकै छ । लुकेर चालकका गल्ती खोज्ने, जरिवाना गर्नै नपर्ने अवस्थामा पनि चालकलाई जरिवाना गर्ने, अपशब्द बोल्ने, चाकहरूलाई गाली गर्ने र कतिपय अवस्थामा हात छोड्ने जस्ता अनेकौं व्यवहार हुने गरका छन् ।
ट्राफिकबाटै दुर्घटना भएका उदाहरण छन् भने चालकको लापरबाहीबाट पनि बढी नै दुर्घटना हुनेगरेका छन् । जेब्राक्रसमा पनि पैदलयात्रीलाई बाटो नछोड्ने चालकका कारण केही दुर्घटना भएको पाइएको छ । अर्कातिर व्यापारीले सडकपेटीमा आफ्ना व्यापारिक सामग्री थुपारेर अवरोध पु¥याउनाले पैदलयात्री सडकमा ओर्लिएर हिँड्नुपर्ने हुन्छ । त्यही बेला यातायातले ठक्कर पुर्याउन सक्छ । तीबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्न आकाशे पुल बनाइएका हुन् । दुई-तीन दशकदेखिको प्रयास र अवधारणाबाट बनाइएका शहरका मुख्य र बढी भीड हुने ठाउँमा निर्माण भएका आकाशे पुलहरू जीर्ण बन्दै जाँदा थप जोखिम सिर्जना हुनेगरेका छन् ।
पुलहरू बनाएर व्यवस्थापना हुन नसकेकाले माग्ने र सडकमा बस्ने मानिस, तिनले गरेको फोहोरमैलाका कारण हिँड्न सकस हुने अवस्था छ भने ती पुलमै बसेर व्यापार-व्यवसाय गर्नेबाट हुँदै आएको असजिलो हाल महानगरपालिकाहरूले कढाइ गर्दै लगेकाले कम हुँदै गएको छ । आकाशे पुल हुँदाहुँदै तलैबाट बाटो काट्ने जस्ता हाम्रा कमजोरी र हेलचेक्र्याइँले पनि दुर्घटना हुने सम्भावना त्यत्तिकै छ । पुराना हुँदै गएका आकाशेपुललाई समयमा मर्मतसंभार गर्न नसकिएका कारण फलामबाट बनेका ती पुलमा खिया लागेर कतिबेला त्यसको जोर्नी खुस्किने हो भन्ने अवस्थामा रहेका छन् ।
मानिसहरूको भीडभाड भइरहेको बेला यदि त्यसो हुनपुग्यो भने त्यसबाट ठूलो मानवीय तथा यातायातका साधनमा क्षति हुनजान्छ । उपत्यकामा जे जति ठाउँमा यस्ता पुल छन् ती अपुग छन् । अझै धेरै ठाउँमा आकाशेपुलको आवश्यकता छ तर संरक्षण र अनुगमन भने बेला-बेलामा भइरहनुपर्ने आवश्यकता छ । माथि पुल छ तलबाट बाटो काट्नेहरूको हुल हुनेगर्छ । पैदलयात्रीले पनि पुल हाम्रै लागि हुन् भन्ने मानसिकता राख्नुपर्छ । आफैंलाई जोखिम हुनेगरी यात्रा गर्नु बुद्धिमत्तापूर्ण होइन । पुलको मर्मतसंभार बेलाबेलामा गर्नु सरोकारवाला निकायको जिम्मेवारी हो । त्यसतर्फ सबैले ध्यान पुर्याउनु आवश्यक छ ।
यस्ता सार्वजनिक सरोकारका विषयमा सबैले आ–आफ्नो जिम्मेवारी सजगतापूर्वक पालना नगर्ने हो भने निश्चय परिणाम राम्रो आउनसक्ने छैन । सजिलो र सुरक्षाका लागि निर्माण गरिएका यस्ता आकाशेपुलको बेला–बेलामा मर्मतसंभार नगर्ने हो भने यसबाट हुने दुष्परिणामलाई नकार्न मिल्दैन । टेन्डर स्वीकृत गरी ठेक्का दिने बेलादेखि नै यस्ता पुल निर्माणमा विभिन्न प्रकारका आर्थिक खेल हुने नेपालको परम्परा नै हो । पुलहरूमा पनि यस्ता कमजोरी भएका छैनन् भन्ने छैन र बनावट पनि त्यति धेरै सबल छैन भनेर मान्नुपर्छ । सतर्कता कुनै एक पक्षको मात्र नभएर सबैको साझा जिम्मेवारी हो भनेर मान्ने हो भने जोखिमबाट निश्चय जोगिन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच