
काबुल । अफगानिस्तानले तेस्रो टी-२० क्रिकेटमा जिम्बावेलाई ३ विकेटले पराजित गरेको छ । हरारे स्पोर्ट्स क्लबमा शनिबार भएको खेलमा जिम्बावेले पहिले ब्याटिङ गर्दै १२७ रन बनाएको थियो । अफगानिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका कप्तान राशिद खानले ४ विकेट लिनुभयो । उहाँले प्लेयर अफ द म्याचको अवार्ड पाउनुभयो ।
तेस्रो टी-२० जितसँगै अफगानिस्तानले सिरिज पनि २-१ ले जितेको छ । पहिलो खेलमा जिम्बावेले ४ विकेटले र दोस्रो खेल अफगानिस्तानले ५० रनले जितेको थियो । डिसेम्बर १७ देखि अफगानिस्तानको टोली अहिले तीनवटै ढाँचाको शृंखला खेल्न जिम्बावे गएको छ ।
अब तीनवटा एकदिवसीय सिरिज १७ डिसेम्बरबाट सुरु हुने छ । बाँकी दुई खेल १९ र २१ डिसेम्बरका दिन पनि हरारेमा हुने छन् । बुलावायोमा २६ डिसेम्बर र २ जनवरीमा दुई टेस्ट खेलाइने छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच