काठमाडौं । सेयर बजार परिसूचक घट्ने क्रमले निरन्तरता पाउँदा सोमबार नेप्से आधा शतक बढी बिन्दुले ओरालो लागेको छ । सोमबार नेप्से ५१.३७ अंकले घटेर २६३० दशमलब ९१ बिन्दुमा झरेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.९३ अंक, फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंक घटेको छ ।
सोमबार दिनभरमा ३०४ कम्पनीको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ६७ हजार ६४८ वटा कारोबारबाट पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार ८४७ रुपैयाँमा खरिदबिक्री भएको छ । नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३३.४२ अंक घटेर बन्द भएको बजारमा ६ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको थियो ।
कारोबारमा आएका १३ वटै उपसमूहगत परिसूचक घटेका छन् । जसमध्ये वित्त सर्वाधिक ४.४१ प्रतिशत घटेको छ भने व्यापार साढे तीन प्रतिशत घटेको छ । विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक दुर्ई प्रतिशतभन्दा बढी घटेको छ । यस दिन बैंकिङ, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ ।
सोमबारको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर मूल्य ३०० रुपैयाँ बढेर तीन हजार तीन रुपैयाँमा अन्तिम पटक कारोबार छ । त्यसैगरी जोशी हाइड्रोपावरको सेयर मूल्य ८.७० प्रतिशत र कुमारी सबल योजनाको इकाई मूल्य पाँच प्रतिशत बढेको छ । जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.५८ प्रतिशत घटेको छ भने नेपाल फाइनान्सको सेयर मूल्य करिब साढे सात प्रतिशत घटेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट आज कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै जोशी हाइड्रोपावरको करिब १९ करोडको सेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब साढे १८ करोडको सेयर खरिदबिक्री भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच