
प्रमिला बलामी
पृथ्वीका लागि सूर्य परम ऊर्जा स्रोतको रूपमा रहेको छ । पृथ्वीले सूर्यबाट उत्सर्जित भई आएका ऊर्जा किरणको एक सन्तुलित प्रक्रियाबाट अवशोषण, सञ्चय र अधिक ऊर्जा रूपान्तरित पुनःउत्सर्जन गरी अन्तरिक्षमै फर्काइ आफ्नो तापक्रम स्थिर राख्ने गर्दछ । पृथ्वीको तापक्रममा स्थिरता कायम रहन यसले जति सौर्य ऊर्जा अवशोषण गर्दछ त्यति नै ऊर्जा पुनःउत्सर्जन गरी अन्तरिक्षमै फर्काउनुपर्ने हुन्छ । कुनै कारणबस यस सन्तुलित प्रक्रिया अबरुद्ध भएमा पृथ्वीको तापक्रममा घटबढ हुनजान्छ । सूर्य र पृथ्वीबीच हुने यो विशिष्ट ऊर्जा विनिमय सन्तुलनमा वायुमण्डलीय स्वच्छताले अहम् भूमिका खेल्दछ । आदिकालदेखि कायम रहिआएको पृथ्वीको वायुमण्डलीय स्वच्छता र सुन्तुलित ऊर्जा विनिमय पछिल्लो समय करिब दुई सतकदेखि उल्लेख्य रूपमा खल्बलिन गएको छ ।
यो समयमा नाइट्रस अक्साइड, मिथेन, कार्बनडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन जस्ता अति हरितगृह ग्यासको उत्सर्जनमा भारी मात्रामा वृद्धि भएको छ । आज पृथ्वीको वायुमण्डल अत्यन्तै प्रदूषित बनेको छ । फलस्वरूप, सूर्यबाट आउने प्रवल छोटा तरंग किरण विना रोकटोक वायुमण्डललाई पार गरेर पृथ्वीको सतमा आशोषित हुन आइपुग्दछन् भने पृथ्वीले पुनःउत्सर्जन गर्ने तुलनात्मक रूपमा दूर्बल लामा तरंग किरण वायुमण्डलमा बहुबिर्खन भई लामो समय रूमलिएपश्चात मात्रै अन्तरिक्षमा फुत्कनसक्ने भएबाट पृथ्वीको औसत तापक्रममा वृद्धि हुनगएको हो । ओजन तहको विनाश र पृथ्वीको सतहमा अत्यन्तै हानिकारक सौर्य विकिरणको मात्रामा समेत वृद्धि हुनगएको छ ।
परिवर्तीत मौसमका असरले पैदा गरेका समस्या भोग्न बाध्य छौं । दूर समयमा हुने मौसम परिवर्तन पूर्वानुमान र असरको यकिन गर्न सकिरहेका छैनौं, भरपर्दो मौसम पूर्वानुमानसमेत गर्न नसकेकाले मौसमी प्रकोप सिर्जित धनजनको क्षति जस्ता समस्याको सामना गर्दै आइरहेका छौं ।
सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास, जनसंख्या वृद्धिदरका कारण खनिजन्य इन्धनका स्रोतको प्रयोग र हरितगृह ग्यास उत्सर्जन अकल्पनीय वृद्धि भएको छ । वनजंगलको तीव्र विनाश भएबाट वायुमण्डलमा यसरी गुम्सिएर बसेको हरितगृह ग्यासको भूमण्डलीय अवशोषण र सञ्चय प्रक्रियामा ह्रास हुँदै गएको छ । हरितगृह ग्यासको उत्सर्जन बढ्ने, भूमण्डलीय अवशोषण र सञ्चय प्रक्रियामा ह्रास हुने क्रम बढ्दो छ । वास्तवमा हाम्रो देश नेपाल जलवायु परिवर्तनको मूल कारकका रूपमा नरहे पनि विश्वका धनी तथा औद्योगिक राष्ट्र यसका जिम्मेवारका रूपमा रहेको कुरा सर्वविदित नै छ । नासाको जिआइएसएसले गरिरहेको तापक्रम विश्लेषणमा औसत विश्वव्यापी तापक्रम वृद्धि सन् १८८० बाट हालसम्म १.१ डिग्री सेल्सियस जनाएको छ ।
त्यसैगरी विश्वव्यापी समुद्रमा पानीको सतह प्रतिवर्ष ३.४ मिलिले वृद्धि भइरहेको जनाइएको छ । पृथ्वीको प्रचलित मौसममा फेरबदल आई जलवायु परिवर्तन हुँदा यसले सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा समेत नकारात्मक असर पु¥याउँदछ र पु¥याइसकेको छ । विश्वकै उच्च दश हिमशिखरमध्ये आठवटा नेपालमै अवस्थित छन् । जलवायु परिवर्तनले हिमाली क्षेत्र र समुद्री भेग वरपर रहेका क्षेत्रमा उच्च असर पु¥याएको पाइएको छ । नेपाल भौगोलिक विविधतायुक्त राष्ट्र भएकाले यहाँ अतुलनीय जैविक तथा मौसमी विविधता रहिआएको कुरामा दुई मत छैन ।
यस भेगको नाजुक सन्तुलनमा अडेको जैविक तथा मौसमी विविधता अति संवेदनशील छ । प्रचलित जलवायुमा आउने थोरै परिवर्तनले यस क्षेत्रको परिस्थितिक प्रणालीलाई ठूलो असर पु¥याउनसक्ने भएकाले हाम्रो प्राकृतिक स्रोतको उपयोग अत्यन्तै सतर्कताका साथ गरिन आवश्यक छ । पर्यावरणीय सन्तुलनका लागि ‘संवेदनशील र नाजुक मौसमी सन्तुलन, संरक्षणात्मक उपयोग र अनुकूल’ भन्ने नाराकै पक्षमा अघि बढाइ संरक्षणात्मक उपयोगको नीति लागू गर्नुपर्ने देखिन्छ ।
परिवर्तीत मौसमका असरले पैदा गरेका समस्या भोग्न बाध्य छौं । दूर समयमा हुने मौसम परिवर्तन पूर्वानुमान र असरको यकिन गर्न सकिरहेका छैनौं, भरपर्दो मौसम पूर्वानुमानसमेत गर्न नसकेकाले मौसमी प्रकोप सिर्जित धनजनको क्षति जस्ता समस्याको सामना गर्दै आइरहेका छौं । सूक्ष्म मौसमी विविधताको यकिन तथा भविष्यमा तिनमा हुनजाने परिवर्तनको लेखाजोखा गर्र्न हामीलाई कठिनाइ छ । भूमिगत जल सतह उठाउन र सुकेका मूल फुटाउन, नांगो डाँडामा हरियाली कायम गर्न आवश्यक छ । वर्तमान समयमा वन तथा नदीजन्य स्रोतको दोहन अन्त्य गर्न ‘प्रकृति अनुरूप मानव प्रवृत्ति, परिवर्तीत मौसम पुनरावृत्ति’को रणनीतिक अंगाली मौसम परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न मद्धत गर्दछ ।
अव्यवस्थित शहरी तथा औद्योगिकीकरणबाट कतिपय दुर्लभ जैविक तथा सूक्ष्म मौसमी विविधता नासिने अवस्थामा छन् । नासिएका जैविक तथा सूक्ष्म मौसमको पुनस्र्थापन गर्न प्रायः असम्भव जस्तै हुन्छ । त्यसैले ‘पर्यावरण अनुकूलका स्वस्थ उद्योग, शहर, कामकाजी बासी प्रत्येक प्रहर’को रणनीति अख्तियार गरी प्राचीन भूखण्डहरूको शहरी तथा औद्योगिकीकरण गर्दा वा अन्य भौतिक पूर्वाधार गर्दा विस्तृत अध्ययन अनुसन्धान गरी जैविक तथा सूक्ष्म मौसमी विविधता नखल्बलिने गरी विकासको कार्यनीति अवलम्बन गर्न जरुरी छ ।
प्रत्यक्ष असर सबैभन्दा बढी कृषि उत्पादनको क्षेत्र र किसान वर्गमा छ । भरपर्दो मौसमी पूर्वानुमान तथा सूचना प्रवाह गर्न नसकेकाले किसानको बाली नष्ट हुने, बाढीपहिरोले धनजनको क्षति गर्ने, विभत्स हवाई दुर्घटन भोग्दै र सुन्दै आइरहेका छौं । जलवायु तथा मौसमजन्य प्रकोपको समयमा उद्धारसम्म गर्न नसकी किंकर्तव्यविमूढको अवस्थामा छ । ‘मौसमजन्य प्रकोप अग्रीम बचाउ, शतप्रतिशत उद्धार क्षति घटाउ’ रणनीति अंगिकार गरी विशिष्टिकृत मौसम तथा पूर्वानुमानका गणितीय नमुनाको विकास एवं उपयोग गरी अग्रीम बचाउ र क्षति न्यूनीकरणलाई साकार पार्न सकिन्छ ।
विकसित देशहरूले गणितीय मौसम तथा मौसम पूर्वानुमान पद्धतिको उपयोग, समान प्रकृतिका प्राकृतिक प्रकोपमा हाम्रा जस्ता विकासोउन्मुख देशमा हुने क्षतिलाई उनीहरूले आफ्ना देशमा झण्डै एक प्रतिशत भन्दा कममा झार्न सफल भएका छन् । यस प्रविधिलाई नेपालले यथासम्भव छिटो विकास र उपयोगमा ल्याउन जरुरी छ । नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म छत्तीस जिल्लामा पैmलिएर रहेको चुरेभावर क्षेत्रमा वातावरणीय विनाशको क्रम जारी छ । भूमिगत जलसतह खस्किएर मरुभूमीकरण हँुदै गइरहेको अवस्थालाई आत्मसाथ गर्दै ‘टुटेका जलनशा जुटाऔं, चुरे भावर जलसतह उठाऔं’ भन्ने नारालाई अभियानकै रूपमा अगाडि बढाउन आवश्यक छ ।
भूमिगत जल सञ्चार प्रणालीको विस्तृत अध्ययन र अनुसन्धान गर्नु अत्यावश्यक छ । विविध भौतिक संरचनाहरूको विकास वा तल्लो तटीय क्षेत्रमा ढुंगा, माटो, बालुवा तथा भूमिगत जलभण्डरको अति दोहन भएबाट धेरै जलनशा टुट्फुट हुनु, चेपिन, पुरिन, सुक्न वा जलभण्डार सुक्न र चुहिन गएका छन् । जल भण्डारहरूको चुहावट एवं अति दोहन रोकी भूमिगत जलसतह पुनः उकास्नका सकिन्छ । भूमिगत जलसतह उकास्नसन हरियाली अभिवृद्धि भई भूस्खलन न्यूनीकरण हुनुका साथै नसिँदै गएका जैविक विविधताको संरक्षण र पुनर्जीवित गर्न सकिन्छ । नेपालको पहाडी भेगमा पानीका मूल सुकेर पिउने पानीको समस्याले गाउँ नै विस्थापित हुनेक्रम बढ्दो छ । पानी मूल तथा भण्डार भरण क्षेत्रहरूको पहिचान गरी संरक्षण गर्नसकेमा सुकेका मूल पुनः फुटाउन सम्भव छ । यसका लागि ‘सुकेका मूल फुटाऔं, पानीका दुःख हटाऔं’ अभियान चलाई विस्थापित हुने अवस्थाको अन्त्य आवश्यक छ । हामीसँग कृषियोग्य जमिन लगभग कुलक्षेत्रफलको २८ प्रतिशत छ ।
नेपालको वर्तमान सन्दर्भमा सूक्ष्म मौसमी विविधता वितरणको आधारभूत तथ्यांक नै उपलब्ध छैन, जसले गर्दा मौसम परिवर्तन र यसका सम्भावित असरको मूल्यांकन गर्नसक्ने अवस्था छैन । परिवर्तीत मौसमको भरपर्दो भविष्यवाणी बिनै बनेका अनुकूलनका कार्यक्रमले खासै अर्थ राख्दैनन् ।
जलवायुमा हुन गएको परिवर्र्तनसँगै खाद्य सम्प्रभूतामा थपिएको जोखिम न्यूनीकरण गर्न ‘सम्पूर्ण नदी किनारा सुख्खा टार, रहर लाग्दा कृषिका आधार’ भन्ने रणनीतिक नाराका साथ सुख्खा नदीका किनारामा रहेका जमिन तथा समथरटार भूमिलाई हराभरा कृषियोग्य फाँटका रूपमा रूपान्तरण गर्न आवश्यक छ । नेपालमा तराईदेखि हिमाल र हिमालदेखि तराइसम्म वार्षिक, ऋतु अनुसार प्राकृतिक रूपमा सूक्ष्म मौसमी विविधता चक्रीय रूपमा तलदेखि माथि र माथिदेखि तल सर्दै जान्छ । उक्त मौसमी विविधताको चक्रानुकूल बालीनाली, फलफूल लगाउन र पशुपालन गर्न सकेमा रासायनिक मल र किटनाशक औषधिको प्रयोगमा न्यूनीकरण गर्दै कम लागतमा स्वस्थ खाद्यान्नको उत्पादत्व अभिवृद्धि गरी ग्रामीण गरिबी निवारण गर्न सकिने भएकाले हाम्रो कृषि नारा, ‘मौसम अनुसारको लगाउँ बिउजात, वर्षैभरि भिœयाउ स्वस्थ अन्नपात’ भन्ने रहन आवश्यक छ ।
नेपालको पहाडी भेग अरू यामभन्दा हिउँदमा पारिलो घाम लाग्नुका साथै हावाको बहाव उच्च हुने गर्दछ । वर्षायाममा खोल्साखाल्सीमा प्रशस्त पानी बग्ने गर्दछ । नवीकरणीय ऊर्जाका रूपमा स्रोतहरूको उपयोग वायु, सौर्य एवं लघु-जलविद्युत्को विशिष्ट समायोजन गरी वर्षायाममा तलबाट लघु-जलविद्युत् र हिउँदमा माथिबाट सौर्य तथा वायु विद्युत्को आपूर्ति गराई वर्षैभरि गाउँघरलाई विद्युतीकरण गर्न सकिन्छ । जनबोलिको रणनीतिक नारा ‘डाँडाको घाम र बतास खोल्साको पानी, झलमल्ल गाउँघर’ गाउँघरमा स्वच्छ ऊर्जा उपलब्ध गराउन प्रभावकारी बन्न सक्दछ ।
विडम्बनै भन्नुपर्दछ नेपालको वर्तमान सन्दर्भमा सूक्ष्म मौसमी विविधता वितरणको आधारभूत तथ्यांक नै उपलब्ध छैन जसले गर्दा मौसम परिवर्तन र यसका सम्भावित असरको मूल्यांकन गर्न सक्ने अवस्था छैन । ‘मौसम संरक्षित हाम्रो देश जस्तो परिवर्तन उस्तै अनुकूलनले लेस’ रणनीतिक नारा सार्थक बनाउन हाल उपलब्ध सूक्ष्म मौसम वितरणको प्रमाणीकृत तथ्यांकन, नक्सांकन एवं भविष्यको विभिन्न कालखण्डमा हुनजाने परिवर्तनको भरपर्दो पूर्वानुमान आवश्यक छ । यस्ता नक्सांकन बन्न सकेमा वर्तमान समयमा उपलब्ध सूक्ष्म मौसम वितरणको सदुपयोग र आउँदा २०, ४०, ६०, १०० वर्षपछिका कालखण्डमा रहनसक्ने पूर्वानुमानित परिवर्तनका आधारमा प्रभावकारी अनुकूलका पूर्वतयारी सम्भव हुन्छ ।
हाल त्रिभुवन विश्वविद्यालयको नारेल प्रयोगशालाले नेपालको सूक्ष्म जलवायु वितरणको तत्थ्यांकीकृत नक्सांकन, परिवर्तन पूर्वानुमान तथा व्यवस्थापन, भूमिगत जलसतह पुनस्र्थापन, वातावरण संरक्षणलगायत क्षेत्रमा उच्चस्तरीय वैज्ञानिक अनुसन्धानका कार्य सञ्चालन गर्दै आइरहेको छ । प्रयोगशालाले ‘हाम्रो अनुसन्धान हाम्रो ज्ञान, प्रभावशाली नीति प्रभावकारी काम’ भन्ने रणनीति नारा अगाडि सार्दै राष्ट्रको दिगो विकासमा प्रत्यक्ष सहभागी भई वैज्ञानिकता थप्ने जमर्को गरिरहेको छ । यस प्रयोगशालाले वायुमण्डलीय स्रोत, वातावरण संरक्षणका क्षेत्रमा पु¥याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै भविष्यमा पुर्याउनसक्ने योगदानको आवश्यक छ । नेपाल सरकारले नारेललाई एक विशिष्ट अनुसन्धानशालाको रूपमा हेर्न र आवश्यक अध्ययन/अनुसन्धान गर्ने गराउने तथा परामर्श लिने व्यवस्था मिलाउन उपयुक्त देखिन्छ । (बलामी राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल), त्रि.वि, कीर्तिपुरकी कान्छी वैज्ञानिक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच