
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका विशाल कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ शंखमुलबाट पक्राउ गरेको हो ।
कञ्चनपुरको साविक श्रीपुर गाविस-३ स्थायी ठेगाना भएका ४० वर्षीय चौधरी हाल काठमाडौं महानगरपालिका-२९ अनामनगरमा बस्दै आएका थिए।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालत र बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ५० लाख रूपैयाँ विगो बराबरको बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । चौधरी बाँके जिल्ला अदालतबाट समेत ५० लाख रूपैयाँ विगो बराबरको बैंकिङ कसुर मुद्दामा फरार सूचीमा रहेका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच