काठमाडौं । शिल्पशाला कुञ्ज थिएटरमा नाटक ‘यशस्वी भवः’ मञ्चन । रंगकर्मी एवं नाटककार राम केए सीको लेखन/निर्देशन रहेको यो नाटक बुधबारदेखि मञ्चन भएको छ । नाटकमा अग्रज, वर्तमान र अनुज गरी तीन पुस्ताबीचको त्रिकोणात्मक सम्बन्धमा तीनै पुस्ताको मनोवैज्ञानिक अन्तर्सम्बन्धको विषय उठान गरेको निर्देशक सीले बताउनुभयो ।
नाटक सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एडुकेसन नेटवर्कको सहकार्यमा निर्माण भएको हो । सद्भाव थिएटर नेपालले सुरुवात गरेको शिक्षाका लागि रंगमञ्च अभियानलाई निरन्तरताका लागि यो नाटक मञ्चन हुन लागेको हो ।
नाटकमा रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ, एञ्जल श्रेष्ठ, सदीक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दीपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगरको अभिनय रहनेछ । यो नाटक पुस ६ गतेसम्म चल्नेछ । चौथो लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव २०८१ मा यो नाटक मञ्चन भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच