काठमाडौं । कैलालीको धनगढीमा पुस ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियन धनगढीको चटकपुर चोकअन्तर्गत ट्रक व्यवसाय भवनमा हुने कम्पनीले जनाएको छ । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषता झल्काउनुका साथै चालकबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।
आयोजकका अनुसार कार्यक्रममा जोकोही मोटरसाइकल चालकले सहभागिता जनाउन सक्ने छन् । माइलेज च्याम्पियनमा सहभागी चालकले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने छन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वसनीयता उजागर गर्ने कम्पनीको दाबी छ ।
बजाजका मोटरसाइकलमध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्छ । पछिल्लो समय पेट्रोलियमको मूल्यवृद्धिसँगै प्लाटिना ग्राहकबीच अत्यधिक लोकप्रिय बनेको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताउनुभएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच