काठमाडौं । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्ने छ सपना साकार’ भन्ने नाराका साथ सिटिजन्स बैंक इन्टरनेसनलले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले सात वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।
उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको बैंकले योजनाअन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने जनाएको छ । सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा एक प्रतिशत प्रिमियमदर थप गरी ब्याजदर निर्धारण गर्ने जनाएको छ ।
बैंकका शाखा कार्यालयबाट उक्त सुविधा लिन सकिने छ । अधिकतम दुई करोडसम्मको कर्जा उपयोेग गर्न सकिने घर कर्जा योजनामा ग्राहकलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्डसमेत उपलब्ध गराइने बैंकले जनाएको छ । साथै योजनामा पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत छुट हुने छ ।
बैंक अफ द इयर २०२४ उपाधि प्राप्त गर्न सफल सिटिजन्सले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच