
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीकी सुचना अधिकारी शान्ति देवी शर्माका अनुसार यसअघि अदालतबाट मुद्दा चलेका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको हो ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रविलामिछानेसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
सहकारीको सम्पत्ति गोरखा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्क प्रालीका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । जोशीको पक्राउको ८९ दिन भइसकेहकाले भोलि अन्तिम दिन हो ।
अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनहको हदम्याद सकिने भएकाले सपत्ति शुद्धीकरण र संगठित अपराधमा पनि आइतबार नै मुद्दा दायर गर्नुपर्छ ।
कास्की प्रहरीले रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल राखिएको छ ।
पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध समेत कार्यालयले मुद्दा दर्ता गराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच