
काठमाडौं । विभागीय टोली नेपाल आर्मी र एपिएफ क्लबबीच भएको मैत्रीपूर्ण पुरुष हक्की प्रतियोगितामा आर्मी विजयी भएको छ । बंगलामुखीस्थित एपिएफको मैदानमा भएको खेलमा आर्मीले घरेलु टोली एपिएफलाई २-० गोलले स्तब्ध बनायो ।
एपिएफले पुरुष हक्की टोली बनाएको सन्दर्भमा अभ्यासका लागि आर्मीसँग मैत्रीपूर्ण खेल खेलाइएको नेपाल हक्की संघ महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
संघले नेपाल प्रहरीसँग पनि मैत्रीपूर्ण खेल खेलाउने तयारी गरिएको जनाएको छ । मैत्रीपूर्ण प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।
मैत्रीपूर्ण खेलमा संघका अध्यक्ष अनिल शर्मालगायत संघका पदाधिकारीको उपस्थिति रहेको थियो । मैत्रीपूर्ण खेलका अवसरमा सदस्य–सचिव लामाले हक्कीको विकास र विस्तारका लागि प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच