काठमाडौ । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १३.५३ अंकले घटेर २५८३.२९ अंकमा झरेको हो । यस दिन तीन सय १९ कम्पनीका ९१ लाख ८० हजार सात सय १८ कित्ता सेयर ५७ हजार आठ सय ६३ पटक खरिदबिक्री हुँदा चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार एक सय सात बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
जलविद्युत् समूह ०.६५ र उत्पादन तथा प्रशोधन समूह १. ५७ प्रतिशतले बढेको छ भने अन्य सबै समूह घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह २.०५ र वित्त समूह १.४९ प्रतिशतले घटेको छ भने बैंकिङ ०.८७, होटल तथा पर्यटन ०.०१, लगानी १.१८, जीवन बिमा ०.८१, लघुवित्त ०.३९, म्युचुअल फण्ड ०.३५, निर्जीवन बिमा ०.८२, व्यापार १.३५ र अन्य समूह ०.३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाहारी हाइड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.४० प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार सेयर संख्याका आधारमा सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको २२ करोड तीन लाख १२ हजार आठ सय ३४ रुपैयाँ बराबरका दुई लाख ५२ हजार एक सय ४९ कित्ता सेयर किनबेच भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच