हिमालय टाइम्स राष्ट्रिय दैनिकको तीसौं वार्षिकोत्सव मनाइँदै छ । एउटा समाचारपत्रको लामो समय आफैंमा एउटा त्याग, समर्पण र निरन्तरताको उदाहरण हो । यसबीचमा यसले कति असजिलो र अप्ठ्यारो अवस्थाको सामना गर्नुप¥यो होला भनिरहनै पर्दैन । व्यवस्थापन पक्षले अनेकौं कठिनाइ बेहोर्नुपरेका सन्दर्भ होलान्, मैले आफूले यहाँ काम गर्न थालेपछि पनि कतिपय अवस्थाको नजिकबाट महसुस र सामना गरेको छु । आममानिसले बुझ्ने गरेको त्यही हो तर पत्रपत्रिकाहरूले समाचार सम्प्रेषणमात्र गर्दैनन् । मूलरूपमा समाचार सम्प्रेषणकै काम भए पनि सँगसँगै अनेकौं पक्षसँग सम्बद्ध भएर काम गरिरहेका हुन्छन् ।
देशमा भइरहेका गतिविधि खोजेर, केलाएर र तिनलाई पर्गेलेर पाठकसामु पुर्याएर सुसूचित गराउने काम सञ्चारगृहको हो । साथै साहित्य, संस्कृति, कला, विज्ञान प्रविधि, रंगकर्म, अर्थतन्त्र, खेलकुदलगायत व्यक्तिको जीवनकर्म र विचारसमेत समाचारपत्रमा आउने गर्छन् । लेखरचनाका माध्यमबाट विविध क्षेत्रका विज्ञका विचार, भावना, सुझाव पत्रिकालाई र पत्रिकाका माध्यमबाट आमपाठकलाई जानकारी हुने गर्दछ । अन्य पत्रपत्रिकाकै झैँ समान भावना र सोही कर्म गर्दै हिमालय टाइम्स राष्ट्रिय दैनिकले आफ्नो यात्रा अगाडि बढाउँदै आएकोमा यसको यो यात्रा तीस वर्षको भएको छ ।
आफूले अनेकौं राप, ताप सहेर म जस्तै अरू धेरैलाई माझिने, खारिने र परिमार्जित हुने मौका यस पत्रिकाले दिएकै छ । यहाँबाट पत्रकारिता सिकेर अनगिन्ती पत्रकार विभिन्न सञ्चारगृहमा स्थापित बन्नुभएको छ ।
यो समयावधिलाई लामो भनिएको हो तर राज्यको इतिहास, आर्थिक योजना र अरू देशको पत्रिकाको इतिहास हेर्ने हो भने दुई अढाइ सय वर्षदेखि निरन्तर चल्दै आएका पत्रिका छन् । त्यस अर्थमा यसको यो तीस वर्ष त्यति लामो नमानिएला । हाम्रै देशमा गोरखापत्र विगत १२५ वर्षदेखि नियमितरूपमा प्रकाशन हुँदै आएको छ । सबैका आ-आफ्नै प्रकारका कठिनाइ हुने हुँदा हिमालय टाइम्सको यो तीन दशकको इतिहास लामो हो । यस अवधिसम्म निरन्तरता दिन नसकेर पनि धेरै पत्रिका बन्द भएका छन् । यससँगसँगै प्रकाशनमा आएका केही राष्ट्रिय दैनिक इतिहासमा मात्र सीमित बनिसकेका छन् ।
हाल विज्ञान र प्रविधिले चरम विकास गरेको अवस्था भएकाले अनलाइन प्रकाशनका कारण छापा प्रकाशन ओझेलमा पर्दै जानु स्वाभाविक हो । पाठकका लागि अनलाइन छापाभन्दा सजिलो बन्न जान्छ । छापा पत्रिकाहरूको अवस्था त्यति सहज नहुँदानहुँदै पनि हिमालय टाइम्सले यात्रालाई अगाडि बढाउँदै आएको छ । मैले यस पत्रिकामा सुरुदेखि नै लेखरचनाहरूको सम्पादन गर्दै आइरहेको छु । आठ वर्षदेखि यही काममा संलग्न छु । केही अनुभव बताउनु सान्दर्भिक ठानेको छु ।
सुरुका केही वर्ष लेखरचनाको अभाव हुने भएकाले पृष्ठ भर्न समस्या हुन्थ्यो । आइतबारदेखि शुक्रबारसम्मको छ दिन एक–एकवटा तोकिएका लेखकबाट स्तम्भ लेखन हुने गरेको थियो, बाँकी दोस्रो लेख नभएकाले कहिलेकाहीँ राससबाट आएका फिचरको प्रयोग गर्नुपथ्र्यो भने धेरै मिहिनेत गरेर सिकारु तथा राम्रो भाषामा नलेखिएका लेखले आवश्यकता परिपूर्ति गर्ने गथ्र्यौं । सम्पादक गोविन्द लुईँटेललाई दोस्रो लेख नभएको जानकारी गराएर म एउटामात्र लेख हेरेर साँझतिर घर फर्किन्थेँ । उहाँले जसरीतसरी पेज भर्ने काम गर्नुहुन्थ्यो । कहिलेकाहीँ हामी आफैं लेख्ने र खाँचो टार्ने गथ्र्यौं ।
यसरी केही वर्ष बितेपछि सम्पादक गोविन्द लुईँटेलले हिमालय टाइम्स छोड्नुभयो र प्रा. पुरुषोत्तम दाहाल सम्पादक भएर आउनुभयो । त्यसलगत्तै कोरोना महामारीसँगै लकडाउन भयो । केही समय पत्रिका निस्किएन । पछि पुनः पत्रिकाको प्रकाशन सुरु भयो । पाँचौँ पृष्ठमा अन्तर्राष्ट्रिय समाचार छापिने गरेकोमा चार÷पाँचमा लेखरचना नै राख्ने निर्णय भयो । दिनको दुईवटा लेख नभएर चार पेज भर्न समस्या भइरहेका बेला यस्तो निर्णय हुनु चुनौतीपूर्ण थियो तर त्यसपछिका दिनमा लेखरचनाको बाढी आउन थाल्यो । राजनीतिक प्रकृतिका लेख चारमा र सांस्कृतिक, आर्थिक, विविध विषयका खोजमूलक पाँचौँ पृष्ठमा छाप्न थालियो ।
सबै दिनको प्रमुख र कुनै कुनै दिनको दोस्रो लेख नियमित स्तम्भ लेखनका लागि लेखकहरूलाई जिम्मा दिइयो । शनिबार सम्पादकीय प्रकाशित गरिँदैन । सबै लेखरचना साहित्यिक हुने गरेका छन् । ती पनि स्तम्भकारले नै लेख्दै आउनुभएको छ । नयाँ सम्पादकीय टिमको सम्पर्क र सम्बन्धका कारणले लेखरचना प्रशस्त आउँछन् । हालका दिनमा कम स्तरीय लेखहरूलाई स्थान दिने गरिएको छैन । सम्पादक फेरिएसँगै जिम्मेवारी फेरियो । काम बढ्यो र सेवासुविधा पनि बढेको छ ।
दिनमा एउटा, दुईवटा लेख हेर्दै आएकोमा अब नियमितरूपमा चारवटा लेख हेर्नुपर्ने भयो । आफू पत्रकारिताको विद्यार्थी नभएको र साहित्यिक लेखन बढी गर्दै आएको हुँदाहुँदै आफूले गरेको कामप्रति धेरै सन्तुष्ट छु । आफ्नो नियमित जिम्मेवारीका साथै ७५ वटा जति अन्तरंग संवाद, २५० जति पुस्तक समीक्षा र २५० जतिको संख्यामा साहित्यिक कार्यक्रम केन्द्रित समाचार पनि छापेको छु । यो अवसर मलाई हिमालय टाइम्सले दिएको हो । मैले आठ वर्षमा त यति धेरै परिवर्तन देखिसकेको छु भने यसको सुरुवातदेखि हालसम्म आइपुग्दा यस्ता परिवर्तन निश्चय भएकै होलान् । आपूmले अनेकौं राप, ताप सहेर म जस्तै अरू धेरैलाई माझिने, खारिने र परिमार्जित हुने मौका यस पत्रिकाले दिएकै छ । यहाँबाट पत्रकारिता सिकेर अनगिन्ती पत्रकार विभिन्न सञ्चारगृहमा स्थापित बन्नुभएको छ । हिमालय टाइम्सका अबका दिन अरू बढी सहज बनून्, तीसौं वार्षिकोत्सवको हार्दिक शुभकामना । (साहित्यकार तथा पत्रकार दाहाल हिटाको विचार सम्पादक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच