✍️ गौतम दाहाल
हिमालय टाइम्स राष्ट्रिय दैनिकले तीसांै वार्षिकोत्सव मनाइरहेको छ । अनेक समस्याहरूका बीचमा रहेर पनि निरन्तर स्वतन्त्रता र देश विकासको यात्रामा लाग्नु निश्चय पनि कठिन कार्य हो । यस राष्ट्रिय दैनिकले त्यो कठिन काम पूरा गरेको सुखद् अवसर हो यो ।
भनिन्छ, विश्वसनीय बन्ने हो भने यसका सामाजिक, चारित्रिक, आर्थिक, नैतिक र अन्य पक्षको विश्लेषण र उजागर गर्ने काम अध्ययन, अनुसन्धान र तथ्य खोजी गर्ने पत्रकारिताबाट मात्र सम्भव छ । यसका लागि भयरहित वातावरणमा काम गर्ने अवसर राज्यले सिर्जना गर्नुपर्छ । दबाब र प्रभावबाट गरिने पत्रकारिताले सिंगो पेशाको बदनाम गराउँछ ।
त्यो बेलाको पञ्चायती शासनकालमा पत्रकारिता समाजको ऐना हो । यसले समाजको वास्तविकता चित्रण गर्ने भएकाले नै यसो भनिएको हुनसक्छ । विविधताको अन्तरघुलन भएर नै समाज पनि आजका अग्रज पत्रकारहरूले कठोर एकतन्त्रीय शासनको विरुद्ध आफ्नो कलम चलाए । प्रेस र अभिव्यक्ति स्वतन्त्रता एवं नैसर्गिक मानव अधिकारको वकालत गर्दै राज्य व्यवस्थाविरुद्ध खबरदारी गरे । कैयौं पत्रकारले गोलीको सामना गरे तर आफ्नो विवेक बेचेनन्, बन्धक बनाएनन् । स्वतन्त्रताका विरुद्ध सम्झौता गरेनन् । त्यसैले त स्वतन्त्र प्रेस राज्यको तारो भयो । प्रेस एवं अभिव्यक्ति स्वतन्त्रताका लागि नेपाली सञ्चारकर्मीहरूले व्यवस्थाका विरुद्ध लडेका छन् । निरंकुुश शासकका विरुद्ध सडकमा उत्रिएका छन् । नागरिक आन्दोलनको समन्वय गर्दै प्रकाशन र प्रसारण माध्यमबाट सबैखाले अधिनायकवाद र निरंकुशताका विरुद्ध लेखेका छन्, बोलेका छन् । सत्तामा पुग्ने शासकहरूको कान र आँखा दुवै बन्द हुने हाम्रो जस्तो देशमा प्रेस र स्वतन्त्रताको अधिकार पनि भाषणमा मात्र सीमित छ चाहे त्यो हिजो होस् वा आज ।
वास्तवमा यो सेवा (धर्म) नै हो आमनागरिकलाई सही सूचना र जानकारी दिलाउने सेवा । तर, अहिलेको सामाजिक सञ्जालको झांगिँदै गरेको विकृतिभित्र पत्रकार आफैं न्यायाधीशजस्तो देखिन्छ । यो सामाजिक सञ्जालहरूले मानसिकरूपमा सिर्जना गर्दै गएको नकारात्मक सोचको प्रवृत्तिको उदाहरण हो ।
‘पत्रकारिताले यसका पाठकलाई इतिहासको साक्षी बन्ने अवसर दिलाउँछ’ पत्रकारिताका बारे अमेरिकाका प्रसिद्ध लेखक एवं पत्रकार जोन हर्सीको यो भनाइले पनि पत्रकारिता पेशाको गहन जिम्मेवारीलाई आत्मसात गर्न मद्दत पु¥याउँछ । पत्रकारिताको आधारभूत धर्म त्यही ‘फाइभ डब्ल्यू, वन एच’ को जिज्ञासाभित्र नै केन्द्रित हुन्छ । तर, अहिलेको ‘सजिलो पत्रकारिता’ ले आफ्नो धर्मलाई निर्वाह गरिरहेको देखिन्छ त ? एकपटक ठण्डा दिमागले सोच्नैपर्छ ।
पत्रकारिताले सदैव तथ्य र सत्यको आडमा राज्यका सबै अंगका विरुद्ध खबरदारी गरिरहेको हुन्छ । यस अर्थमा प्रेस राज्य सञ्चालकहरूको स्थायी प्रतिपक्षी हो । चौथो अंगले राज्य सञ्चालकका हरेक गलत गतिविधिको खबरदारी गरेर जनतालाई सुसूचित गर्न सकेन भने अराजकताले टाउको उठाउने स्थिति उत्पन्न हुन्छ । त्यसैले जिम्मेवार पत्रकारले पेशाप्रतिको गहन दायित्वलाई बुझ्न सक्नुपर्छ । तर, अहिलेको पत्रकारिता के आफ्नो धर्ममा अडिग छ ? हामी कहाँ चुकेका छौँ ? एकपटक आफैंले समीक्षा गर्ने हो कि ?
महात्मा गान्धीले पत्रकारितालाई सेवाका रूपमा अथ्र्याएका छन् । वास्तवमा यो सेवा (धर्म) नै हो आमनागरिकलाई सही सूचना र जानकारी दिलाउने सेवा । तर, अहिलेको सामाजिक सञ्जालको झांगिँदै गरेको विकृतिभित्र पत्रकार आफैं न्यायाधीशजस्तो देखिन्छ । यो सामाजिक सञ्जालहरूले मानसिकरूपमा सिर्जना गर्दै गएको नकारात्मक सोचको प्रवृत्तिको उदाहरण हो । किनकि सामाजिक सञ्जालको बढ्दो प्रभाव र यसको दुरूपयोगले अहिले समाजमा विकृतिको जालो झांगिँदै गएको छ ।
रूपर्ट मुर्डक जो विश्वका धनाढ्यमध्ये एक मिडिया मालिक हुन् उनले डेढ दशकपहिले भनेका थिए कि ‘प्रविधिको बढ्दो विकासका कारण आगामी दशकको पत्रकारिताले पनि नयाँ उचाइ हासिल गर्ने छ । साथै परम्परागत माध्यमका मिडियाहरूको उत्पादनमा समेत परिवर्तन हुने छ र छापा पत्रकारिता फरकरूपमा बाँच्ने छ’ अर्थात् परम्परागत पत्रकारितामा प्रविधिको प्रयोगले धावा बोल्ने छ तर त्यसलाई स्वीकार्नुको विकल्प अरू केही हुने छैन । विगतको परम्परागत पत्रकारिता अब समय सापेक्षितरूपमा परिवर्तन हुँदै छ । प्रविधिको तीव्र विकासले पत्रकारको सिर्जनात्मक शैली र सीपलाई मार्दै लगेको छ । अर्थात् जिम्मेवार पत्रकारितालाई अहिलेको ‘एआई’ पत्रकारिताले धराशायी बनाएको छ । के नेपाली पत्रकारिता यो चुनौतीलाई सामना गर्दै थप जिम्मेवार, व्यावसायिक र मर्यादित बन्दै अघि बढ्न सक्ला ?
कोरोना महामारीसँगै विश्व नयाँ चुनौतीको सामना गर्दै अघि बढेको अवस्था एकातिर छ । अनि यही अवधिमा भएको अनेकखाले प्रविधिको विकासले हामीलाई अब परम्परागत शैलीबाट मात्र पत्रकारिता पेशा टिक्न नसक्ने चुनौतीको छेउमा पु¥याएको छ । जमाना अनलाइन र डिजिटल युगको छ । पुरानो शैलीको छापा पत्रकारिताको सबैभन्दा ठूलो चुनौती इन्टरनेट र डिजिटल पत्रकारिता नै हो । तर, यो चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्नुको विकल्प पनि छैन ।
परम्परागत पत्रकारिताको पुरानो शैलीबाट हामी पनि विस्तारै अब नयाँ प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ । यसको अर्थ यो होइन कि छापा र पुरानो शैलीको पत्रकारिताको भविष्य सकियो । तर, विकसित हुँदै गएको पत्रकारिताको आयतनलाई थप विस्तारका लागि प्रविधिको सही सदुपयोगतिर लाग्नैपर्छ ।
बीसौं शताब्दीको करिब दुई दशक समाचारको पोखरीमा छापा पत्रकारितामात्र विकल्प थियो । तर, जब सन् १९२० पछि रेडियोको विकास भयो तब छापा पत्रकारितालाई चुनौती थपियो भन्न थालियो । तर, विज्ञापनमा केही फरक परे पनि पत्रकारिताको समग्र क्षेत्रमा नयाँ प्रविधि र विकासको युग सुरु भयो, न्युज पेपरलाई थप परिमार्जन गर्दै अघि बढाउने अवसर प्राप्त भयो । फेरि विस्तारै टेलिभिजनको युग आयो अनि भन्न थालियो अब चाहिँ छापा पत्रकारिताको युग सकियो । तर, त्यो युग अहिले पनि सकिएको छैन जुन क्षेत्रको विशाल पोखरीमा रेडियो, टिभी र अहिलेको एआई प्रविधिसँगै छापा पत्रकारिता डाइनोसरका रूपमा रहेकै छ । तर, छापा पत्रकारितालाई प्रविधिमैत्री र पाठक केन्द्रित सामग्री प्रस्तुत गरेर अघि बढ्नुपर्ने चुनौती छ । परिमार्जित र परिस्कृत हुनु जरुरी छ र परम्परागत छापा पत्रकारिता विस्तारै विकसित हुँदै गएको पनि छ ।
इन्टरनेट छापा पत्रकारिताको पछिल्लो चुनौती बनेर आएको छ । इन्टरनेटले दुनियाँलाई हातको औंलामा सीमित गरिदिएको छ । इन्टरनेटको विकाससँगै अहिलेको डिजिटल जर्नालिजमले प्रिन्ट जर्नालिजमलाई सिधा असर पु¥याएको छ । तर, प्रविधिलाई आत्मसात गरेर अघि बढ्न सके मात्र पत्रकारिता बाँच्न सक्छ । यद्यपि प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारितालाई सिधा असर पु¥याइरहेको छ । सामाजिक सञ्जालले बढाएको नकारात्मक असरका कारण सिंगो पत्रकारिता जगत् प्रभावित छ । कुनै पनि समाचार पुष्टि गर्नु नपर्ने, आधिकारिकता खोज्नु नपर्ने, आफूले जे देखेको र सुनेको छ त्यसलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिहाल्ने हतारोले व्यावसायिक पत्रकारितालाई असर पुगिरहेको छ ।
सामाजिक सञ्जालले बढाएको नकारात्मक असरका कारण सिंगो पत्रकारिता जगत् प्रभावित छ । कुनै पनि समाचार पुष्टि गर्नु नपर्ने, आधिकारिकता खोज्नु नपर्ने, आफूले जे देखेको र सुनेको छ त्यसलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिहाल्ने हतारोले व्यावसायिक पत्रकारितालाई असर पुगिरहेको छ ।
आजको पुस्ता कुनै पनि विषयको तत्काल परिणाम खोज्छ । जसका कारण डिजिटल प्लेटफर्मको तीव्र विस्तारसँगै परम्परागत पत्रकारिता संकटोन्मुख छ । बीसको दशकका केही वर्ष जब छापा पत्रकारिताबाहेक अर्को विकल्प थिएन त्यो बेला अमेरिकामा २४ हजारभन्दा बढी पत्रपत्रिका प्रकाशित हुन्थे । सन् २००५ मा यो संख्या घटेर नौ हजारभन्दा कम भयो । अनि सन् २००५ देखि २०२२ सम्म आइपुग्दा त तीन हजार हाराहारी पत्रपत्रिकाले आफ्नो प्रकाशन नै बन्द गरे । एक रिपोर्टअनुसार सन् २००४ देखि २०२४ सम्मको बीस वर्षको अवधिमा अमेरिकामा करिब तीन हजार दुई सय पत्रपत्रिका कि त बन्द भए कि त मर्ज भएर जीवित रहे । हाल अमेरिकामा करिब एक हजारमात्र दैनिक पत्रपत्रिका प्रकाशनमा छन् । यसैगरी करिब पांँच हजार साप्ताहिक/मासिक र अन्य पत्रपत्रिका प्रकाशन भइरहेका छन् ।
गुगल, ट्वीटरलगायतका डिजिटल प्लेटफर्ममा विज्ञापन जान थालेपछि ठूला अखबारहरू पनि डिजिटल संस्करणमा केन्द्रित छन् । यसको अर्थ प्रविधिलाई अस्वीकार गरेर होइन आत्मसात गरेर परिमार्जित हुँदै अघि बढ्नुपर्छ । अहिले त झन् कृत्रिम बौद्धिकता (एआई) को जमाना छ जसले सिर्जनात्मकतालाई सिधै प्रहार गरेको छ । तर, एआईले आफैं सामग्री उत्पादन गर्न नसके पनि मिडिया कन्टेन्ट क्रियटरको पेशा जोखिममा पर्न सक्ने चुनौती त्यत्तिकै छ ।
परम्परागत छापा पत्रकारिता आर्थिक हिसाबले खर्चिलो पनि छ । तर पनि छापा पत्रकारिताको औचित्य सकिएको भन्नु हतारो हुन्छ । आज पनि इन्टरनेट र एआई जुन युग भने पनि व्यावसायिक मिडियामाथिको विश्वास नै बलियो छ । किनकि कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालमार्फत् फैलिने गलत अफवाह र भ्रामक सूचनाको जालो तोड्ने काम व्यावसायिक पत्रकारिताले मात्र गर्न सक्छ । तर, प्रविधिलाई परम्परागत पत्रकारिताले जिम्मेवारीपूर्वक ग्रहण गरी सदुपयोग गर्न सक्नुपर्छ । जहाँ पाठकलाई ‘इंगेज’ गराइराख्न सक्ने सामग्री पस्किन सक्नुपर्छ ।
हाम्रो जस्तो मुलुक जहाँ हरेक क्षेत्रमा राजनीतीकरणको जालो झ्यांगिँदै गएको छ त्यहाँ पत्रकारिता क्षेत्रलाई पनि असर नपुग्ने भन्ने हुँदैन । त्यसमाथि प्रेस जगत्को धर्म सधैं खबरदारी गरिरहनु हो । आफ्नो पेशागत धर्म निर्वाह गर्दै न्याय, समानता, समृद्धि र स्वतन्त्रताको निरन्तर यात्रामा हिमालय टाइम्स राष्ट्रिय दैनिकले अझ एक कदम माथि उक्लेर उचाइ चुम्न सक्नुपर्छ । तब न बढ्दो चुनौतीको सामना र प्रविधिको सदुपयोग गरेर अघि बढ्न सक्ने सामथ्र्यको सम्भावना देखिएला । आजसम्मको निरन्तर यात्राका लागि म यस दैनिकका परिवारलाई बधाई दिन्छु र आउँदा दिनमा थप सशक्त भएर यसको भूमिका देखियोस् शुभकामनासमेत दिन्छु ।
(लेखक दाहाल अहिले अमेरिकाको मेरिल्याण्डमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्वअध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिकाका सदस्य, नेपाली कांग्रेस प्रचार विभागका सदस्य तथा ग्लोबल नेपाल डट्कमका संस्थापक सम्पादक हुनुहुन्छ : सं.)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच