मानिस सामाजिक प्राणी हो । मानिसलाई उसका कर्मले चिनाउने गरेको हुन्छ । संसारका सबै मानिस धर्मप्रति आस्थावान् रहेका हुन्छ । धर्ममा आस्था राखेर ईश्वरको उपासना गर्नु मानवीय नियति नै हो । यही नियतिमा हुर्केको मानिसले सदा ईश्वरलाई जीवनको महत्तम मान्यतामा राखेको हुन्छ । संसारका हरेक धर्मले आ–आफ्ना ईश्वरलाई मानेर आफूलाई जीवनमार्गमा गतिशील तुल्याएका हुन्छन् । त्यसैले मानिसको सबैभन्दा विश्वसनीय पक्ष ईश्वरप्रतिको आस्था हो । यो आस्थालाई सकेसम्म मानिसले भत्केको देख्न चाहँदैन । ईश्वरीय आस्थामा जीवनका हरेक मार्गलाई गतिशील बनाउन मानिस उद्दत रहेको हुन्छ । यो आजको मानिसको कर्म पनि हो ।
महाभारतको समाप्तिपछि भगवान् कृष्ण द्वारिका जाने तयारीमा थिए । कृष्ण स्वयं महाभारतका नायकका रूपमा उभिएका थिए । महाभारतका नायक कृष्ण नै थिए । कर्मबाट विरत रहेको अर्जुनलाई कर्ममा लाग्न प्रेरित गरे । गीताको उपदेशका माध्यमबाट कर्म सबैभन्दा महŒवपूर्ण हुन्छ । कर्मबाट पछि हट्नुहुँदैन भने । कर्मबाट पछि हटेमा मानिसको जीवनको सार समाप्त हुने तर्कसमेत राखे र अर्जुनलाई युद्धभूमिमा धकेलिदिए । आफू नायक भए पनि पाण्डवका पाँच भाइलाई युद्धको अनिवार्यतामा कर्म रहेको तथ्यलाई उपदेशमार्फत बाहिर ल्याए । उनले सम्झौता गर्ने उद्देश्ययले आफूलाई शान्तिदूतका रूपमा पनि उभ्याए तर सफल हुन सकेनन् । शान्तिप्रक्रिया असफल भएपछि युद्ध भयो । जुन युद्धलाई धर्मयुद्धको नाम दिइएको छ । अधर्मको विरुद्ध गरिएको भएकाले उक्त युद्ध तत्कालीन समयको धर्म युद्ध मानियो ।
भाइका विरुद्ध भाइ
हाम्रो परम्परामा आर्ष महाकाव्यका रूपमा वाल्मीकिको रामायण र महाभारतलाई लिने गरिएको छ । यी हाम्रो सनातन परम्पराका धर्म ग्रन्थ पनि हुन् । यी ग्रन्थमा देखिएका कथामा मुख्य पात्र रावण र विभीषण तथा पाण्डव र कौरव नै हुन् । यी दुबै ग्रन्थमा एक अर्काका शत्रु भाइ नै छन् । भाइ नै भाइका विरुद्ध उत्रिएका छन् । रामायण र महाभारतको युद्धलाई धर्म युद्ध मानिएको छ । यो युद्धमा एक भाइले दाजुको पोल खोलेर ईश्वरको उपासनालाई प्राथमिकता दिएको छ । अर्कोमा पनि ईश्वरका कारण युद्ध जितिएको छ । ईश्वरीय उपासनाका माध्यमबाट र ईश्वरको सानिध्यबाट जितिएका युद्ध हुन् यी दुबै ।
आजको मानिस ईश्वरको उपासना कम गर्छ । ईश्वरसित उसका माग भने धेरै नै हुन्छन् । मागभन्दा उपासना कमजोर भएको मानिस पाएन भने ईश्वरलाई नै सत्तोसराप गर्न पछि पर्दैन । यही हो आजको युग । आजको मानिस पनि । यही युगमा बाँचेका हामी ।
पाण्डवकी आमा कुन्तीले यी सबै युद्धको जानकारी पाएकी थिइन् । उनी पाण्डवलाई परेको विपत्का बारेमा आदिदेखि अन्त्यसम्म परिचित थिइन । उनी महाभारतको युद्ध हुनुपूर्वका घटनासित पूर्णरूपमा परिचित थिइन । उनलाई हाम्रो सङ्कट हटाउने ईश्वरको अवतारका रूपमा रहेका कृष्ण हुन् भन्ने जानकारी थियो । त्यो जानकारी पाएकी कुन्ती कृष्ण द्वारका जानुपूर्व उनको स्तुति गर्छिन् । उनको स्तुति आजको मानिसको जस्तो छैन । भगवान्सित मागमात्र राख्ने र पूरा भएन भने उनलाई सत्तोसराप गर्ने परिस्थिति उनमा देखिएन । हामीलाई विपद् पर्दाका अवस्थामा रक्षा गर्ने तपाईंका सबै क्रियाहरू हाम्रा लागि थिए । कुन्ती भन्छिन् :
विषान्महाग्नेः पुरुषाददर्शना दसत्सभाया वनवास कृच्छतः
मृधे मृधेद्रनेकमहारथास्त्रतो द्रौण्यस्न्नतश्चाश्म हरेद्रभिरक्षितः ।।
भीमसेनलाई खुवाएको विषबाट, लाक्षागृहको डरलाग्दो आगो होस्, हिडिम्ब राक्षसको दृष्टिबाट, दुष्टहरूको जुवाकाण्डबाट, वनवासमा पाएको विपत्तिबाट, अनेकपटकको युद्धमा र अनेक वीरहरूका अस्त्रबाट यसका साथै भर्खर आएको अस्वस्थामा ब्रहृमास्त्रबाट समेत हाम्रो रक्षा हजुरले गर्नुभयो ।
कुन्तीले यहाँ आफ्ना छोराहरूले पाएका दुःख जनाएकी छिन् । हामीले र हाम्रो परिवारले जुन किसिमको दुःख पायौँ त्यसको लेखाजोखा यहाँ गर्न सकिँदैन । यी दुःखका कारण भोगेको विपत्तिलाई चर्चा गर्न पनि सकिँदैन । तर, ती विपत्तिलाई समाप्त पार्ने आधार तपाईं नै हो भन्ने ठोकुवा कुन्तीले गरेको देखिन्छ । उनले दुःख पाएको आपत्तिका सन्दर्भमा भन्छिन् । विमोचिताहं च सहात्मजा विभो त्वयैव नाथेन मुहुर्विपद्गणत् ।।
तपाईंले नै म र मेरा छोराहरूको रक्षा अनेक विपत्तिका समयमा गर्नुभएको छ । हजुरले जुन विपत्तिबाट हामीलाई रक्षा गर्नुभयो त्यो गणना गर्न सकिँदैन । कुन्तीका अभिव्यक्ति आफ्नो भाइको छोराप्रति थिएनन् । उनले ईश्वरको उपासना गरेकी थिइन् । उनले आपत्तिका समयमा सबैको रक्षक ईश्वर हो भन्ने सन्देश दिएकी छिन् । कुन्ती आफैँमा बलशाली पाण्डवकी माता हुन् । उनका पुत्रहरू आफैँमा सक्षम थिए । जेष्ठ पिताले गरेको अन्याय सहेर पनि बसे । उनीहरूसित धर्मको मर्यादा विद्यमान् थियो । माताले दिएको शिक्षाले उनीहरू कहिले पनि असत् मार्गमा हिँडेनन् । आमालाई विश्वास थियो मेरा जेठा छोरा आफैँमा धर्मराज हुन् । उनले कसैको अहित गर्दैनन् । उनी अन्याय सहन सक्छन् तर अहितका पछि उनी लाग्दैनन् । उनी सत्यका पक्षमा अडिग भएर उभिन्छन् । उनका भाइहरू पनि उनको आज्ञालाई शिरोधार्य गरेर अघि बढेका थिए ।
कुन्तीले के मागिन्
मानिस आजको समयमा ईश्वरसित प्रत्यक्ष हुन सक्दैन । आजको मानिसको उपासनाले ईश्वर प्राप्त पनि हुँदैन । ईश्वरलाई पाउन गरिने तपस्या आजको युगमा सम्भव पनि छैन । मानिसले गर्ने ईश्वरीय उपासनाले पक्कै पनि उसको कुभलो भने हुँदैन । भलो नै हुन्छ । भलो गर्ने ईश्वरलाई आजको कुभलो गर्ने मानिसले पाउला भन्ने आशा नराखे पनि हुन्छ । आज पनि कतिपय अवस्थामा सिद्धि भने पाउन सकिन्छ । सिद्धि पाउनका लागि गरिने उपासना र ईश्वर पाउनका लागि गरिने उपासनामा समानता पक्कै पनि छैन । आजको मानिस ईश्वरको उपासना कम गर्छ । ईश्वरसित उसका माग भने धेरै नै हुन्छन् । मागभन्दा उपासना कमजोर भएको मानिस पाएन भने ईश्वरलाई नै सत्तोसराप गर्न पछि पर्दैन । यही हो आजको युग । आजको मानिस पनि । यही युगमा बाँचेका हामी ।
पाण्डवकी आमा कुन्तीले भगवान्सित केही मागिनन् । उनले हामीलाई सबै विपद्बाट बचाउने आधार मानिन् । हामीसित आएका विपद्लाई हजुरले नै बचाउनुभयो । विपद्बाट बचाउने हजुरका कारण नै आज मेरो छोरो हस्तिनापुरको शासक बनेको छ । हिजो पाएको दुःख आज सुखमा परिवर्तन भएको छ । हामी चारैतिरबाट सुरक्षित छौं । हामीसित कुनै पनि किसिमका अभाव आज छैनन् । यो हजुरले गरेको हामीप्रतिको विश्वास हो । भरोसा हो । हाम्रो आस्था हो ।
भगवान्को स्वरूप सत्, चित्, आनन्द हो । दुःख भगवान्सित छैन । दुःखलाई भगवान्ले कहिले पनि दिन सक्नुहुन्न भन्ने ज्ञान कुन्तीलाई नभएको पनि होइन । उनले ईश्वरसित दुःख नै मागिन् । राजमाताले पाउने सुख चाहिनन् । भोगविलासका साधन पनि मागिनन् ।
हामीले गरेको उपासनाको फल पनि हो । यही कारण आज हामीमा कुनै किसिमको बाधा र व्यवधान पनि छैन । त्यति भयङ्कर युद्धमा मेरा छोराहरूको रक्षा समेत हजुरले गर्नुभयो तर कुन्ती सबै कुराले आज सम्पन्न छिन् । उनले आफू र आफ्ना छोराहरूको रक्षक कृष्णलाई नै स्वीकार गरिन् । कुन्तीको अभिव्यक्तिमा समर्पण छ । आस्था छ । विश्वास छ । उपासना छ । स्वार्थ र लालच छैन । केही चाह पनि छैन । सबै पाइसकेकी छिन् तर उनले मागेकी छिन् कृष्णसित । कृष्णसित कुन्ती भन्छिन् :
विपदः सन्तु नः शश्वत्तब तत्र जगद्गुरो
भवतो दर्शनं यत्स्यादपुनर्भवदर्शनम् ।।
हे जगद्गुरो ¤ हाम्रो जीवनमा सदा ठाउँठाउँमा दुःखहरू आइरहून् । विपत्तिमा नै निश्चितरूपमा हजुरको दर्शन पाउन सकिन्छ । हजुरको दर्शनबाट नै हामी संसारको बन्धनबाट मुक्त हुन सक्छौँ । यहाँ कुन्तीले भगवान्सित दुःख मागेकी छिन् । कृष्णलाई उनले जगद्गुरुका रूपमा सम्बोधन गरेकी छिन् । आज सबै राज्यको वैभव पाएको अवस्थामा पनि दुःख माग्नुलाई कुन्तीको अतिशय भक्ति मान्न सकिन्छ ।
भगवान्को स्वरूप सत्, चित्, आनन्द हो । दुःख भगवान्सित छैन । दुःखलाई भगवान्ले कहिले पनि दिन सक्नुहुन्न भन्ने ज्ञान कुन्तीलाई नभएको पनि होइन । उनले ईश्वरसित दुःख नै मागिन् । राजमाताले पाउने सुख चाहिनन् । भोगविलासका साधन पनि मागिनन् । यो अवस्थामा उनले जे चाहिन् त्यो पाउन सक्थिन् । उनले त्यसो गरिनन् । जीवनका हरेक दुःखमा ईश्वरको उपासनामा रहेकी कुन्ती वास्तवमा ईश्वरकै उपासक हुन् । उनले मोहको जालो संसारको विषयबाट मेरो मन अलग गराइदिन आग्रह गरिन् । यो नै भक्तिमा देखिएको सबल चिन्तन हो । उपासनाको आधार पनि हो । ईश्वरप्रतिको विश्वास पनि हो । विश्वासमा टिकेको हामी मानिसको चेतनाको स्तर पनि हो । कुन्ती कृष्णसित माग राख्दै भन्छिन् :
स्नेहपाशमिमं छिन्धि दृढं पाण्डुषु वृष्णिषु ।।
मभित्र रहेको माइती र घरप्रतिको माया, मोहको जालोलाई तोडिदिन आग्रह गरिन् । मायामा फसेको मेरो मनलाई यो जालोबाट मुक्त गर्न उनले आग्रह गरिन् । यो कुन्तीले भगवान्सित राखेको माग हो । यो मागमा आजको मानिस सहभागी हुन सक्दैन । ईश्वरको उपासना मानिसका लागि अनिवार्य हो । यो मानव जीवनका लागि अपरिहार्य हो । आजको समाज सामाजिक सञ्जालमा विश्वास गरेर बसेको छ । अध्ययन नगरी सिद्धि पाएको भन्दै भविष्यवाणी गर्ने प्रवृत्ति अति नै चलेको छ ।
त्यसकिसिमबाट आफूलाई सामाजिक सञ्जालमा उभ्याउने व्यक्ति आफैँमा सिद्धि पाएको हुँदैन । शास्त्रबाट ज्ञान पाएर नै मानिसले आफ्नो जीवनमार्गलाई गतिशील तुल्याएको हुन्छ । तर जथाभावी भविष्य वक्ता बनेर मानिसलाई ठग्ने प्रवृत्तिलाई ईश्वरको उपासना मान्न सकिँदैन । मानिसमा विद्यमान् शक्तिका माध्यमबाट उपासना नहुने होइन । अध्ययनबिना गरिने भविष्यवाणी ठग्ने प्रवृत्तिमात्र हो । आजको सामाजिक सञ्जालमा देखिने भविष्यवक्तासित सचेत रहन आग्रह गर्दै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच