ज्योति लाइफको ब्रान्ड एम्बेसडरमा फेरि हमाल

Read Time = 1 min

काठमाडौं । ज्योति लाइफको ब्रान्ड एम्बेसडरमा फेरि पनि महानायक राजेश हमाल नियुक्त हुनुभएको छ । कम्पनी स्थापनाकालदेखि नै ज्योतिको ब्रान्ड एम्बेसडर रहँदै आउनुभएका हमाल र ज्योति लाइफबीचको सम्झौता नवीकरण गरिएको हो ।

सम्झौतापत्रमा ज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र हमालले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै ब्रान्ड एम्बेसडर हमालले ज्योति लाइफका सेवाहरूको प्रचारात्मक कार्य, ब्रान्ड प्रवद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्यमा निरन्तरता दिनुहुने कम्पनीले जनाएको छ ।

हमालले ज्योति लाइफको ब्रान्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको भन्दै कम्पनीको प्रगतिमा राम्रो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?