
सर्लाही । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज सर्लाहीका विभिन्न पर्यटकीय स्थलमा मानिसहरूको भीड लागेको छ ।
जिल्लाको बागमतीस्थित निर्माणाधीन ताल, सर्लाही र रौतहटको सीमामा पर्ने नुनथर, चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल, पत्थरकोट, सागरनाथ, कैलाशपुरीसहित जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड देखिएको हो ।
नुनथर तथा मागमतीमा रहेको माछा पोखरीमा नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरूको समेत घुइँचो छ । यसलाई मध्य नजर गरेर सर्लाही प्रहरीले विशेष सुरक्षा योजना समेत बनाएर संचालन गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
सर्लाही प्रहरीका अनुसार यस क्षेत्रको सुुरक्षालाई मधेय नजर गरेर आज बिहानै बाट बाकले मात्रामा नेपाल प्रहरी सशस्त्र प्रहरी सादा पोसाकमा परिचालन गरिएको छ । आज बिहानैबाट सर्लाहीको बिभिन्न स्थानमा बिहान ६बजे देखि १२ संम , दिँउसो १२ बजे देखि साँझ ६ सम्म र साँझ ६ बजे देखि राति १२ बजे सम्म सडक सुरक्षालाई मध्य नजर गरेर बिभिन ठाँउमा ट्रफिक प्रहरी परिचालन गरि चेक जााच भैरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
भारतको बिहारमा मदिरा निषेध गरिएपछि पछिल्ला वर्षमा सीमावर्ती क्षेत्रका भारतीय नागरिक नयाँ वर्ष मनाउन सर्लाही आउनेगरेका छन् ।
बिहान सदरमुकाम मलङ्गवा नाका भएर ठूलो सङ्ख्यामा भारतीयहरू अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाल भित्रिएका सदरमुकाम मलङ्गवा निवासी नागरिक अगुवा शिवचन्द्र चौधरीले जानकारी दिनुभयो । त्यसरी भारतीयहरू विभिन्न सवारी साधनको प्रयोग गरी यहाँका पर्यटकीयस्थलमा आउँदा भन्सार कार्यालयमा उल्लेख्य राजस्व सङ्कलन हुनुका साथै व्यापार पनि राम्रो भएको नागरिक अगुवा चौधरीले बताउनुभयो ।
पछिल्ला वर्षहरूमा सर्लाहीमा पनि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली नयाँ वर्षझैँ निकै महत्त्व दिएर मनाउन थालिएको छ । त्यस्तै, साथीभाइ, परिवारसहित होटल, रेष्टुरेन्टमा गएर अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरूको सङ्ख्या पनि उल्लेख्य छ । आज यस दिउसो ४ बजे संम सर्लाहीको मलंगवा नाका भएर मात्र ३०० सयमको हारा हारिमा साना ठुला सवारि साधन सर्लाही प्रहरिले जनाएको छ । त्यतीकै मात्रामा अन्ने नाका भएर समेत सीमावर्ती क्षेत्रका भारतीय नागरिक सर्लाहीको बिभिन स्तानमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका छन । बागमतीको निमाण धिन माछा पोखरीमा मात्र सोदेशि तथा बिदेशी गरि करिव १० हजारको हाराहारीमा मानीसले नँया वर्ष मनाउन आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच