सुनको मूल्य तोलामा दुई हजारले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो ।

बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?