कालीकोट । नेपाल सुनचाँदी व्यवसायी संघ सुर्खेतको १० औँ साधारण सभा तथा छैटौं अधिवेशनमा विवाद भएको छ ।
तत्कालिन अध्यक्ष ज्ञानेन्द्रबहादुर बिश्वकर्मालाई आफ्ना सम्धी नाता पर्नेलाई अध्यक्ष बनाउन विधि र प्रक्रिया मिचेर एकलौटी ढंगमा निर्वाचन समितिलाई नै प्रभावमा पारेर निर्णय गरेको आरोप लागेको छ ।
०८१ पौष १८ गते भब्य तामझामका साथ सुर्खेतको डि नमस्ते नेपाल होटेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष लालबहादुर सुनार, प्रथम उपाध्यक्ष ओमबहादुर बिक, र महासचिव मोहन सुनारको दाबी थियो ।
अध्यक्षमा ३ जनाको दाबी परेपछि सहमतीको प्रयास भएको थियो । सहमती अनुसार बरिष्ठ उपाध्यक्ष लालबहादुर सुनार पुनः नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमै बस्न राजी भएपछि प्रथम उपाध्यक्ष र महासचिवको दाबी निर्वाचन हुनसक्ने सम्भावना देखिएको थियो ।
दुबैजनाले आफनो दाबीबाट पछि नहटेपछि अध्यक्ष ज्ञानेन्द्रबहादुर बिश्वकर्माले दुबै जनाले दाबी छाडेर पुनः अध्यक्षमा आफैँलाई समर्थन गरिदिन अनुरोध गर्नुभएको थियो । सोही अनुसार दुबै जनाले अध्यक्षलाई पुनः दोहोर्याउनका लागि सहमती कागजमा हस्ताक्षर गर्नु भएको थियो । तर आफू अध्यक्ष नभई प्रथम उपाध्यक्षलाई नै अध्यक्षमा उहाँले समर्थन गरेपछि महासचिव मोहन सुनारले आक्रोश ब्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो– 'बहुमत ब्यवसायी सदस्यहरु निर्वाचनबाटै नयाँ कार्यसमिती चयन गर्न चाहन्थे । तर सबै सदस्यहरुलाई गुमराहमा राखी सहमतीका नाममा जालझेल र षड्यन्त्र गरी नयाँ समिती निर्माण गरिएको छ । यसको म घोर बिरोध गर्छु ।' उहाँले अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफू अध्यक्ष हुनका लागि सहमती पत्रमा हस्ताक्षर गराएको र पछि आफनो मान्छेलाई अध्यक्ष बनाउन उक्त हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच