काठमाडौं । वायुसेवा सञ्चालकहरूले सगरमाथा क्षेत्रमा हेलिकप्टर नउडाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा स्थानीय तहको विवादसँगै हेलिकप्टर नउडाउने घोषणा गरेका हुन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणमा रोक लगाएका थिए । निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै जनवरी १ तारिखदेखि हेलिकप्टर उडानमा रोक लगाएका हुन् । सो सम्बन्धमा वायुसेवा सञ्चालक संघसँग सम्बन्धित पदाधिकारीसँग पटक-पटक वार्ता गर्दा पनि सहमति जुट्न नसकेको भन्दै हाल खुम्बु क्षेत्रका हेलिप्याडहरूमा झण्डा गाडी अवरोध सिर्जना गरिएको संघले जनाएको छ । आपत्कालीन अवतरण गर्नुपरे अवतरण गर्ने स्थान नरहेको संघको भनाइ छ ।
वायुसेवा कम्पनीहरूले जहाज अवतरण गरेको खण्डमा स्थानीयवासीले चालक दलका सदस्यलाई नियन्त्रण लिएर कारबाही गर्ने चेतावनी दिएकाले खुम्बु क्षेत्रमा हेलिकप्टर नउडाउने निर्णयमा पुगेको संघले जनाएको छ । वायुसेवा सञ्चालक संघ नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण हेलिकप्टर उडान स्थगन गरिएको जनाएको छ । साथै हेलिकप्टर कम्पनीको सुरक्षाको प्रत्याभूति नभएसम्म साना जहाज कम्पनीले पनि उडान स्थगन गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच