
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको करिव ५ वर्षपछि पहिलो वार्षिक साधारणसभा गर्ने भएकाे छ।
पुस ६ गतेको गोरखापत्र दैनिकमा सुचना प्रकाशित गर्दै पुस २७ गते कम्पनीको प्रथम वार्षिक साधारणसभा गर्ने भनिएता पनि विशेष कारणले मिति परिवर्तन गरी पुस २९ गते काठमाडौँमा गर्ने कम्पनीले जनाएको छ।
कम्पनी सञ्चालक समितिको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो।
यो कम्पनीमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सेयर रहेको छ।उक्त प्रथम वार्षिक साधारणसभामा कम्पनीले आ.व २०७६/०७७ देखि २०७९/०८० कोलेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तको वासलात, सो अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुका विषयमा छलफल गरी पारित गर्ने र कम्पनीको नियमावाली संशोधन गर्नेकार्यक्रम समेत रहेको कम्पनीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच