राजनीतिक दलहरुको कारण लोकतन्त्र धरापमा परेको हो : कृष्ण पहाडी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय संस्थापक अध्यक्ष कृष्ण पहाडीले राजनीतिक दलहरुको कारणले लोकतन्त्र धराप परेको बताउनु भएको छ ।

उहाँले दल र दलको कारण कार्यकर्ताहरुबाट लोेकतन्त्र हत्या भइरहेको बताउनु भयो ।

आज नवलपरासीको परासीमा मानव अधिकार तथा शान्ति समाज नवलपरासीद्धारा आयोजित लोकतन्त्र प्राण सुशासन र सदभाव बिषयक नागरिक सम्बाद कार्यक्रममा बोल्दै पहाडीले लोकतन्त्रलाई बचाउनको लागि नागरिक मोर्चा बनाउन आजको अवाश्यकता रहेको बताउनु भयो ।

पहाडीले नागरिकहरुले राजनीतिक दलहरु लोकतन्त्रमा लुटतन्त्र मच्चाएको बताउनु भयो । उहााँले भन्नुभयो अहिले नागरिकहरु दलका नेताहरुलाई भ्रष्टतन्त्र रुपमा बुझ्न थालेका छन् । देशमा भ्रष्ट र सुशासन कायम भएन भने लोकतन्त्रमा कसैले टिकाउन नसक्ने उहााको भर्नाइ छ । राजनीतिक दलकै कारण लजास्पद अवस्था आएको बताउँदै उहााले न्यायपालिका कार्यपालिका व्यवस्थापिक तीन अङ्ग ब्यालेन्स गरेकोले चुनावमा महगो हुँदा अहिले राजनीतिकदलमा भ्रष्टचारमा लिप्त भएको बताउनु भयो ।

यो देश बेचौलिया चालिरहेको छ प्रचण्ड चलाएकाे हाेइन भन्दै पहाडीले अब बिकृति औल्याएर र राजनीतिक दहरुको भ्रष्टचारले गर्दा नागरिकमा निराश छाएको बताउँदै उहाँले अहिलेआन्दोलन दलहरुकोप्रति नागरिकको उदाशिनता र भ्रष्टाचारले नागरिकहरु आजित भएको बताउनु भयो ।

मावन अधिकारकर्मीहरुलाई लोकतन्त्र बचाउन आन्दोनल गर्दा राजनीतिक दलहरुले आन्दोलन दबाउन खोजेको बताउदै उहाँले गत चुनाव रबि लामिछाने सिके राउत जस्ता चुनाव लडेर आएको र राजा ज्ञानेन्द्रलाई पनि चुनाव लडेर आउन भन्नुभयाे । उहाँले लोकतन्त्रलाई फालेर आउने खोजेकाे भन्दै आम नगारिक चुप लागेर नबस्ने जिकीर गर्नुभयो । संघीयताको बिषयमा नागरिकमा उठाउने थालेका छन् । संघीयता नै भनेको भ्रष्टचार हुने थालेको रुपमा नागरिकहरु अनुभूति गरिहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?