कालीकोट । जिल्लाको पचालझरना गाउँपालिकामा एक हप्तामा विभिन्न घटनाका कारण पाँच जना नागरिकको ज्यान गएको छ । पचालझरना गाउँपालिका भित्र एकपछि अर्को गरी पाँच जनाको ज्यान गएको हो ।
गाउँपालिकाको वडा नम्बर-४ का वर्ष ६० का श्रीकला ऐडीले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेपछि लगातार उहाँ लगायत पाँच जनाले विभिन्न घटनामा परी ज्यान गुमाएका हुन् । वडा ४ का तीन जना, वडा ९ का एक जना र वडा ८ का एक जना नदीमा बेपत्ता गरी पाँच जनाको ज्यान गएको हो ।
पचालझरना गाउँपालिकाले सार्वजनिक गरेको शोक वक्तव्यमा वडा ४ का श्रीकला ऐडीले नदीमा हाम फालेर ज्यान गुमाएको, महनबीर सेजुवालको भिरबाट लडेर ज्यान गएको, मंसिरा रोकायाको हृदयघातका कारण ज्यान गएको उल्लेख छ ।
गाउँपालिका अध्यक्ष देवराज शाहीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा वडा नम्बर- ९ का कर्णबहादुर शाहीको च्यट्याङ लागेर ज्यान गएको छ । वडा ८ का वर्ष ४० का कुस्माखर सञ्ज्याल कर्णाली नदीमा बेपत्ता हुनुभएको छ ।
अध्यक्ष शाहीले विभिन्न घटनामा ज्यान गुमाउनेप्रति श्रदाञ्जली अर्पण गर्दै बेपत्ताको खोजीका लागि सबै निकायसँग अनुरोध गर्नुभएको छ । गत शनिबार कर्णाली नदीमा स्काभेटर (जेसिभी) तार्दा कर्णाली नदीमा स्काभेटरसहित सञ्ज्याल बेपत्ता हुनु भएको थियो । बेपता सञ्ज्यालको अवस्था अझै अज्ञात छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच