काठमाडौं । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को हाइकुसंग्रह ‘खेल मैदान’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार प्रा.पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो ।
विक्रम सम्वत् २०५६ सालमा साहित्यकार सुरेन्द्र महर्जनलाई पहिलो भेटपछि हालसम्म पनि निरन्तर रूपमा भेट हुँदै गरेको, आगामी दिनमा आफ्नो र सुरेन्द्रको संयुक्त रूपमा हाइकुसंग्रह पनि प्रकाशित गर्ने सोच बनाएको प्रमुख अतिथि लोहनीले बताउनुभयो । सुरेन्द्र महर्जन ‘अमर’यो हाइकुसंग्रह ओएसनेपालबाट प्रकाशित गरिएको हो ।
कार्यक्रममा प्रकाशकको तर्फबाट विवेक कार्कीले करिब दुई दर्जन कृति ओएसनेपालबाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को कृतिहरू निरन्तर प्रकाशित गर्दै आइरहेकोे जानकारी गराउनुभयो । सो अवसरमा राजेन्द्र बस्नेत, रामचन्द्र कोइराला, निमेश केसी, अष्ट महर्जन र गायक/कलाकार चिरञ्जीवी भण्डारीले पुस्तकको बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच