नवलपरासी । पश्चिम नवलपरासी र पुर्वी नवलपरासीको सिमानामा पर्ने दाउन्ने सडक खण्ड शितलहर र बाक्लाे हुस्सुका कारण अवरुद्ध भएको छ । बर्दघाट–४ खुर्सानी खोला स्थित पूर्व–पश्चिम राजमार्गमा गय रातिदेखि बाक्लो हुस्सुका कारण सडक अवरुद्ध भएको हो ।
सोमबार राती देखि परेको शितलहरका कारण सडक चिसो र चिप्लो भएपछि सवारी साधन चलाउनसमेत कठिन भएको छ । केही दिनदेखिकाे प्रतिकूल मौसमका कारण सडक चिप्लो भई यातायात सञ्चालनमा पूर्ण रुपमा अवरोध पुगेको हो। प्रहरीका अनुसार दुवैतर्फ गरी करिब २०० देखि २५० वटा सवारी साधन बाटोमै रोकिएका छन् ।
प्रहरी टोली घटनास्थलमा पुगेर बाटो खुलाउने प्रयास गरिरहेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दाउन्ने सडक खण्डमा बिहानदेखि एकतर्फी रुपमा सवारी साधन चल्न थालेको छ। तर, सडक अझै चिप्लो भएकाले मालवाहक सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ।
सम्बन्धित निकायहरूले यात्रुहरूको सहज आवागमनका लागि आवश्यक पहल गरिरहेका छन्। यात्रुहरूलाई सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच