वासिंटन डिसी । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा र छाता संगठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकामा स्थापना भएको छ । अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्य समिति गठन पनि गरिएको छ । अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुनेछ ।
यसले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसारभर विभिन्न देशहरूमा देशस्तरीय शाखाहरू स्थापना गर्ने तयारी महासंघले गरेको छ । यसमा पुरानादेखि नयाँसम्म, अधिकांश वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहनुभएको छ । आगामी दिनमा महासंघलाई विस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासंघले स्पष्ट गरेको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एवं अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालवाणी, राष्ट्रपुकारका पूर्वप्रधान सम्पादक एवं राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्रा.पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन संघर्ष, स्वाधीनका प्रधान सम्पादक एवं राससका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाईँ, यसैगरी गोरखापत्र संस्थान तथा राससका पूर्वअध्यक्ष, जनहित, विमर्शका पूर्वसम्पादक, अग्रज पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिकदेखि विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादकसमेत रहनुभएका वरिष्ठ पत्रकार विजय घिमिरे महासंघको सल्लाहकार रहनुभएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको नवगठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक जो रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिका र अन्य मिडियाहरूका पूर्वप्रधान सम्पादक एवं वरिष्ठ पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाल छानिनुभएको छ ।
महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, लोकपत्र देखि विभिन्न पत्र पत्रिकामा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख, समकालीनदेखि धेरै मिडियाहरूमा लामो समय पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभिन्युज खबर टेलिभिजनका समाचार प्रमुख, कैयौं टेलिभिजनहरू, पत्र पत्रपत्रिका सम्पादकको रूपमा काम गरेका वरिष्ठ पत्रकार केदार कोइराला र नेपाल समाचार पत्रकाका पूर्वसम्पादक, जनता टेलिभिजनका समाचार प्रमुख, कैयौं पत्रपत्रिकाका सम्पादक रहिसक्नुभएका वरिष्ठ पत्रकार टंक पन्त छानिनुभएको छ ।
यसैगरी उपाध्यक्षमा पत्रकारितामा लामो समयदेखि क्रियाशील पत्रकार, अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहनुभएको छ । यसैगरी महासंघको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका धरोहर, माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियरसमेत रहनुभएका पत्रकार टंक दाहाल छानिनुभएको छ भने सचिवमा विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरूदेखि स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार अनिल अधिकारी रहनुभएको छ । कोषाध्यक्षमा कलाकारसमेत रहनुभएका सक्रिय युवा पत्रकार, डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिनुभएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा लामो समयदेखि पत्रकारितामा संलग्न, इनेप्लिज डट कमका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक, विगत लामो समयदेखि पत्रकारिता र सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आउनुभएका क्यानका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार नवराज कुँवर, विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरूदेखि स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रमा सह सम्पादकका रूपमा २०५० सालदेखि कार्यरत, अमेरिका आइसके पछि पनि विभिन्न पत्रपत्रिकामा कलम चलाइरहनुभएका वरिष्ठ पत्रकार कृष्णराज खनाल पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।
क्यानाडाबाट विगत २० वर्षदेखि नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आउनु भएका वरिष्ठ पत्रकार अनिल थापा, लामो समयदेखि विभिन्न मिडियाहरूमा काम गर्दै आउनुभएका र विशेषगरी चलचित्र, कलाकारिता सम्बन्धी पत्रकारितामा निपुण सक्रिय युवा पत्रकार सुमन दाहाल, अष्ट्रेलियाबाट देशान्तरदेखि अन्य मिडियाहरूमा काम गर्नुभएका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।
सबै महादेशहरूबाट प्रतिनिधित्व हुनेगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई पूर्णता दिइनेछ । केही समयभित्रै नेपाल, बेलायत, अष्ट्रेलिया, जापान, क्यानाडालगायत देशहरूमा शाखा निर्माण गरिने बताइएको छ । अन्य देशहरूमा पनि शाखा बिस्तार गरिँदै लगिने योजना छ । त्यसका लागि सम्बन्धित देशहरूमा रहेका पत्रकारहरूलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
त्यसैगरी अन्य देशहरूमा पनि अन्तर्राष्ट्रिय पत्रकार महासंघका देशस्तरीय शाखाहरू स्थापना गरिने छन् जहाँ पेशागत पत्रकारहरू रहनेछन । अन्तर्राष्ट्रिय पत्रकार महासंघको बारेमा, यसका गतिविधि यसको वेबसाइटमा पनि समावेश गरिँदै लगिने अन्तर्राष्ट्रिय पत्रकार महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच