
काठमाडौं । नेपाली राहधानी (पासपोर्ट) विश्वकै कमजोर राहधानीको सूचीमा परेको छ । हेन्ले पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको नयाँ सूचीमा नेपालको वरीयतामा गिरावट आएको हो ।
हेन्लीले आफ्नो राहदानीमा कति देशले आफ्ना नागरिकलाई भिसा फ्री भिसा उपलब्ध गराउँछ भन्ने आधारमा विश्वका सबै १९९ देशलाई र्याङ्किङ गर्छ।
इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)बाट प्राप्त तथ्याङ्कका आधारमा तयार पारिएको सूचीमा यसपटक नेपाल १०१ औँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा रहेको थियो । नेपालको राहदानी भएका व्यक्तिले भिसा बिना ३९ देशमा यात्रा गर्न सक्छन्।
संसारको सबैभन्दा खराब पासपोर्टमा अफगानिस्तान १०६ नम्बरमा, सिरिया १०५ नम्बरमा, इराक १०४ नम्बरमा, पाकिस्तान र यमन १०३ नम्बरमा र सोमालिया १०२ नम्बरमा छ ।
छिमेकी मुलुक भारतको वरियतामा पनि ५ अङ्कले गिरावट आएको छ । सूचीमा भारत ८५ नम्बरमा आएको छ भने गत वर्ष भारतको वरीयता ८० औँ थियो । मानिसहरूले भारतीय राहदानीमा ५७ देशहरूमा भिसा फ्री प्रवेश पाउन सक्छन्।
यसपटक सिङ्गापुर शीर्ष स्थानमा छ । सिङ्गापुर राहदानी भएका व्यक्तिले भिसा बिना १९५ देशमा यात्रा गर्न सक्छन्। दोस्रो स्थानमा जापान रहेको छ जसको राहदानीमा १९३ देशमा बिना भिसा जान सकिन्छ । तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन् । चौथो स्थानमा अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन र लक्जमबर्ग रहेका छन्, जसका नागरिकले १९१ देशमा भिसा फ्री प्रवेश पाउन सक्छन् । अमेरिका शीर्ष ५ देशको बाहिर छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच