
काठमाडौं । खाद्य उत्पादकहरूको निर्माता केआरबिएल लिमिटेडले नेपालमा इण्डिया गेट प्रिमियम बासमती चामल लञ्च गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी इण्डिया गेटको प्यारेन्ट कम्पनी केआरबिएलले बासमती चामल (२० किलोको प्याक) लञ्च गरेको हो ।
नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर प्रिमियम गुणस्तरीय बासमती चामल लञ्च गरिएको केआरबिएलका इण्डिया बिजिनेस हेड आयुष गुप्ताले बताउनुभयो । गुणस्तरीय उत्पादनमार्फत् समुदायलाई सशक्त बनाउने लक्ष्यका साथ नेपालमा चामल लञ्च गरिएको केआरबिएलसँग सहकार्य गर्दै आएको तरुण एग्रोका प्रमुख आशिष मैनालीले बताउनुभयो । केआरबिएलले नेपालसहित विश्वभर बासमती चामल उद्योगमा नयाँ बेन्चमार्क स्थापना गर्ने योजना अगाडि सारेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच