
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आह्वान भएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी पदाधिकारीकाे बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताउनु भयो ।
माओवादी केन्द्रको पछिल्लो पटक बसेको केन्द्रीय समिति (पुस २१ देखि २३) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।
बैठकले पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको छ । माओवादीले यो पटक नेताहरूको कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको छ ।
पूर्व उपराष्ट्रपति पुन पार्टीको पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको थियो । माओवादीले पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। यसअघिका बैठकमा उहाँलाई उपाध्यक्षकै कुर्सीमा राखिएको थियो ।
पूर्वउपराष्ट्रपति भइसकेको मान्छे पुनः राजनीतिमा सक्रिय हुँदा पार्टीको आलोचन हुने भन्दै केन्द्रीय समिति बैठकमै केही नेताहरूले विरोधसमेत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच