निर्वाचनको मिति घोषणा भएपछि सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

Read Time = 2 mins

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।” उहाँले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाउनुभयो । उहाँले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत निर्वाचन परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?